नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा सूचिकृत एवम् पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा धामको ४२ औं वार्षिक अनुष्ठानको अवसरमा शनिबारदेखि शुरु भएको अष्टोत्तरशत् (१०८) श्रीमद् भागवत पाठपारायण साथै संगीतमय कथा प्रवचन एवम् हवनात्मक महायज्ञको दोस्रो दिनको फोटो फिचर ।
१.पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम क्षेत्र ।
२, ३ र ४.धामको ४२औं धार्मिक अनुष्ठानका लागि निर्माण गरिएको मुख्य मण्डप, १०८ जना यजमानका लागि निर्माण गरिएको कुटी(व्यास), यज्ञमण्डप आदि ।
५. मुख्य मण्डपमा कथा प्रस्तुत गर्नुहुँदै महायज्ञका प्रमुख आचार्य धर्मदर्शन फाउण्डेशनका संस्थापक एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी र साथमा सहआचार्य धामका मूलअर्चक अग्निप्रसाद सिग्देल ।
६. पाँच जना यज्ञाचार्यका साथमा ५१ जना बटुकबाट यज्ञमण्डपमा हवनात्मक महायज्ञ शुरु गर्ने क्रममा ।
७.कार्यक्रममा सहभागी कलाकार टोली ।
८, ९ र १०. धाम मुख्य प्रवेशद्वार अगाडि विद्युतीय सामग्रीबाट सजाइएको भगवान शिव, विष्णु र ब्रह्माको प्रतिरुप ।
तस्वीरः अमित खम्बू/पूर्वाञ्चल दैनिक