विद्यालय विकाश कोषका लागि देउसी भैलो, ४१ विद्यार्थीलाई निलमको न्यानो कपडा सहयोग

0
164

विमल दहाल, इलाम ।

विद्यालय विकाश कोषका लागि इलामको जनकल्याण आधारभूत विद्यालय माई नगरपालिका-५ दहालटारले देउसी भैलो कार्यक्रम सञ्चालन गरेर आर्थिक संकलन गरेको छ ।

विद्यालय सुधारका उपायहरु बहस हुदै गर्दा विद्यालय सुधार कसरी गरिन्छ भन्ने अभ्यासलाई खौजी गरि गत तिहारलाई आधारमानी खेलाईएको देउसी भैलोवाट विद्यालयलाई १ लाख ४९ हजार ९ सय ४२ रुपैयाँ संकलन भएको प्रधानाध्यापक शुशिला खड्काले जानकारी दिनुभयो ।

विद्यालयको भौतिक र शैक्षिक सुधारकालागि संकलित रकम प्रयोग गरिने छ । प्रधानाध्यापक खड्काका अनुसार विद्यालय व्यवस्थाप समिति अध्यक्ष उदय बहादुर श्रेष्ठ र शिक्षक अभिभाबक संघ संयोजक दिनानाथ ढकाल तथा अभिभावकको राय र बुद्दिजिवीहरुको सल्लाह वमोजिम समुदायको अपनत्व रहने गरि विद्यालय विकाश कोष संकलन गरिएको थियो ।

विद्यालयलाई आर्थिक रुपमा सबल पार्यो भने धेरै काम गर्न सकिन्छ भन्ने सोचका साथ तथा अभिभावक सम्म पुग्दा शिक्षक,विद्यार्थी र विधालयको सम्बन्ध तथा कमि कमजोरीहरु रहेछन भनि प्रत्यक्ष जानकारी हुने र नेपाली परम्परा, संस्कार र सस्कृतिलाई जोड्दै दिपावलीको अवसर पारेर देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन रहेको देउसी भैलो कार्यक्रम माई- ५ इलाम र अर्जुनधारा-३ झापामा सञ्चालन गरिएको थियो । विद्यालय थप सहयोगका लागि दहालटार बासी, विद्यालयको सेवा क्षेत्र साठमूरे, कुम्बिटार, किरातचोक बासीको सदैव साथ सहयोगको अपेक्षा राखिएको छ ।

अभिभावकहरुले विद्यालयलाई गच्छे भन्दा माथि स्कुललाई सहयोग गर्नु भएकोमा प्रधानाध्यापक खड्का स्तब्ध रहनु भएको कार्यक्रममा बताउनुभयो । देउसी भैलो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य बचन हाङसुरुम्बाको संयोजकत्वमा विद्यालयका पुर्व अध्यक्ष रत्न बहादुर हाङसुरुम्बा, पुर्व शिक्षक छबिलाल पौडेल, पुर्व विद्यार्थीहरु विजय जबेगु, बिजय राई, प्रकास पोख्रेल, अर्जुन श्रेष्ठ, जिवन नेपाल, सफल न्यौपाने, बिनोद ढकाल, तुलसी ढकाल, सुवास ढकाल, अभिभावक सुवास ढकाल, झुमा पोख्रेल, पुष्पा पौडेल, जोनिशा निरौलाको सहयोग तथा शिक्षक स्टाफ र ब्यावस्थापन समितिले पनि हौसलाका साथ सहभगिता जनाउनु भएको थियो। सर्वादिक सहयोग गर्ने किरात बस्ति माई नगरपालिका ५ का लाल बहादुर राईले १० हजार १ सय सहयोग गर्नु भएकोमा सम्मान गरिएको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।

देउसी भैलो कार्यक्रम ३ दिन सञ्चालन गरिएको थियो भने कार्यक्रममा १३ जना नानी-बाबुहरुले सास्कृतिक नृत्यमा साथ दिएका थिए।

यता सोही विद्यालयका ४१ जना विद्यार्थीहरुलाई जर्मनीमा बस्दै आउनु भएकी माई नगरपालिका निवासी निलाम खड्काले न्यानो कपडा सुईटर उपलब्ध गराउनु भएको छ। सबैमा सकारात्मक सहयोग साथ रहेको प्रधानाध्यापक शुशिलाको अपेक्षा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here