तुलसीपुर,
दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ ।
त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपथ्र्यो । “हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढाले भन्नुभयो, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।”
सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई–७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो ।
“यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो”, उहाँले भन्नुभयो, “टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सुचारु गर्ने तयारी छ ।” त्यहाँका बासिन्दाले पटक–पटक टेलिकम टावरको माग राख्दै सम्बन्धित निकाय धाउँदै आएका थिए ।