पथरी,
मोरङको पथरी शनिश्चरे-७ मा रहेको चन्द्र किराँतेश्वर माविको हाताभित्र ४ कोठे पक्की भवन निर्माणका लागि शिलान्यास भएको छ।
नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा नं ७ का वडाध्यक्ष उद्धव बस्नेत सहितको उपस्थितिमा उक्त भवनको शिलान्यास भएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई-मधेश समृद्धि कार्यक्रम मार्फ़त विनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट उक्त भवन निर्माण हुने चन्द्र किरॉतेश्वर माविका व्यवस्थापन समितिका अध्यक्ष काशीहाङ राईले जानकारी दिनुभयो।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक हर्कराज जिमी, शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।