सुनिता राई,
इलाम ।
आउँदो माघ ५ गतेदेखि शुरु दोस्रो अन्तराष्ट्रिय आमन्त्रित महिला गोल्डकप इलाम–२०८१ शुरु हुने भएको छ।
सोमबार पत्रकार सम्मेलन गरी इलामको टुँडिखेलमा माघ पाँच देखि १२ गते सम्म हुने प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी हुने आयोजकले जनाएको छ ।
नेपाल र भारत सहितका आठ टिम सहभागी रहने प्रतियोगितामा नेपालका ए डिभिजन फुटबल क्लब उतार्ने आयोजकले जनाएको छ । जसमा नेपालका विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी क्लब, पुलिस, ओए सीस फुटबल क्लब (आयोजक), गढीमाई एपसी धनगढी, बागमती फुटबल क्लब छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र सीएपसी फुटबल क्लब भारत गरी आठ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
आयोजकले राष्ट्रिय टिमकी खेलाडी एन्जिलाको कप्तानीमा खेलाडी उतार्ने तयारी रहेको जनाएको छ । उनी खेलका लागि विदेश नगएको खण्डमा उनको कप्तानीमा टिम बनाउने जनाएको हो । नेपाली महिला फुटबल खेलाडीले अहिले जुन स्थान हासिल गरेका छन् त्यसलाई जीवन्त राख्न र नयाँ खेलाडी उत्पादनमा प्रोत्साहनका लागि पनि महिला गोल्ड कप आयोजना गरेको का लागि पनि यो आयोजकले जनाएको छ ।
ओए सीस क्लब इलामका अध्यक्ष ध्रुव राईका अनुसार यो फुटबल आयोजकको मात्रै नभई जिल्लाका सबैको रहेको र यो सम्पन्न गराउन सबै जना हातेमालो गर्दे सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा रहेको बताउनुभयो । उहांले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा हुने यो आयोजनाले ए डिभिजनका टिम उतार्ने बताउनुभयो।
प्रतियोगिता सम्पन्न गराउनका लागि लगभग५१ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको र उक्त रकम सहयोगी हातहरूबाट सङ्कलन हुने अपेक्षा रहेको ओए सीस क्लब इलामका सचिव रोशन राईले बताउनुभयो।
आयेजकका अनुसार यो नेपालकै ठुलो पुरस्कार राशि रहेको महिला फुटबल प्रतियोगीता हो ।प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।