दोस्रो एनआरएनए इलाम गोल्डकप मंसीर २२ देखि

0
21

सुनिता राई, इलाम।

एनआरएनए इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मंसीर २२ गतेदेखि सञ्चालन हुने भएको छ ।

आयोजक रेडहर्स फुटवल क्लब इलामले पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो । गतबर्षदेखि शुरु भएको एनआरएनए इलाम गोल्डकप प्रतियोगिताको दोश्रो संस्करण मंसीर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च बोइज युनाइटेड, एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैयाँ र दोश्रो पुरस्कार ५ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ भने तारा रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोश्रो पुरस्कारका लागि रु ५ लाख उपलब्ध गराएका छन् । प्रतियोगिता सम्पन्न गर्दासम्म कुल ९० लाख खर्च हुने आयोजकले अनुमानित बजेट बनाएको संस्थाका सचिव प्रकाश घिमिरेले बताउनुभयो ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजार रुपैयाँले पुरस्कृत गरिने तथा म्यान अफ द म्याचलाई रु ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिनेछ। पत्रकार सम्मेलनमै आयोजक संस्था रेडहर्स फुटबल क्लबका अध्यक्ष सांगे येल्मुले ‘इलाम गोल्डकप स्पोर्ट्स जर्नालिजम अवार्ड’को घोषणा समेत गर्नुभएको छ ।

जुन अवार्ड इलामको खेलक्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीलाई सो अवार्ड प्रदान गरिने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा उपाधि न्युरोड टिम एनआरटीले जितेको थियो । विजेताले नगद पाँच लाख र उपविजेता विर्तामोड युनाइटेडले तीन लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here