झापा ।
झापाको कनकाई नगरपालिकामा गौहत्या भएको छ ।
कनकाई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो ।गौ हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा बुदोना आलम रहेको बताइएको छ । उनी त्यहाँ भाडामा बस्दै आएको जनाइएको छ ।
घटनामा अरुको पनि संलग्नता हुन सकने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । लीला संग्रौलाको ईटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका आलमले आफू बसेको घरमा लगेर गाई काटेका हुन् ।
उनले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको सो लैनो गाई राति चोरेर लगेको बताइएको छ । उनले राति नै सो गाई काटेको अनुमान गरिएको छ । ती मुस्लिम फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।
घटना पश्चात् गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्री शताक्षी गोवर्द्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ । अहिले पनि सुरुङ्गामा प्रर्दशन भइरहेको छ ।