नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ ले अर्थात् युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । विभिन्न देशहरूले भिन्न–भिन्न उमेर समूहलाई युवा भनेर परिभाषित गरे पनि संयुक्त राष्ट्रिय सङ्घले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई युवाको परिभाषाभित्र समेटेर उनीहरूको प्राथमिकताको विषय समेत तोकेको पाइन्छ । यो उमेर समूह नेपालको कुल जनसंख्याको करिब ३०–४० प्रतिशत रहेको तथ्याङ्कले जनाउँछ । ४० वर्षको उमेरलाई युवा अवस्था भनिए तापनि २५ देखि ४० वर्षको उमेर नै सशक्त युवा अवस्था हो । त्यसपछिको उमेरमा शारीरिक शक्ति क्षिण हुँदै जाने प्रक्रिया शुरु हुने प्राकृतिक नियम भएकाले ४० देखि ६० वर्षसम्मको उमेरलाई परिपक्कको उमेर मानिन्छ । ४० देखि ६० वर्षसम्मको उमेरमा आफूसँग भएको ज्ञान, सीप, दक्षता र अनुभव अरूलाई बाँड्दै निर्देशकरुपमा भूमिका निर्वाह गर्ने उमेर हो ।
युवा र युवा शक्ति अभेग शक्ति हो । कुनै पनि राष्ट्रको मेरुदण्ड भने कै युवा शक्ति हो । विश्वको अनेकौं मुलुकहरूको राजनीतिक आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाटै भएको कुरा प्रष्टै देख्न सकिन्छ । नेपालको इतिहासमा भएका परिवर्तनहरूमा देशका निमित्त रगत बगाइ बलिदान गर्ने युवा जनशक्तिहरू नै अग्र स्थानमा आउँदछन् । साथै राजनीतिक परिवर्तनको पनि अग्रमोर्चामा रहँदै आएका युवाहरुलाई राजनीतिक परिवर्तनपछि सधैँ भूमिकाविहीन बनाइयो भन्ने ठूलो जनमत नेपाली समाजमा व्याप्त छ । युवा शक्ति के पहुँचबाट नै नेकपा (माओवादी)को १० वर्षे जनआन्दोलनले सार्थकता पाएर नेतृत्व गर्दै आए तापनि आजसम्म कुनै दलले राजनीतिक नेतृत्वमा युवालाई समेट्न सक्ने युवामैत्री नीतिनिर्माण गरेका छन् जस्तो लाग्दैन । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मूलधारको राजनीतिबाट वञ्चित गराउने वर्तमान युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधैँ खाडी मुलुकमा पठाउने मनोवृत्ति पाएको नेतृत्वमा देखियो भन्ने मत धेरै नआएको होइन ।
देशको पहिलो पुँजी भनेको त्यस देशको सक्रिय जनशक्ति हो । एउटा देशको विकासको मात्रामा उक्त सक्रिय युवाहरूको ठूलो भूमिका रहन्छ । हाम्रा युवाहरू देशभित्र आफूमा भएको सिप क्षमता र योग्यताका आधारमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणको लागि विदेशी सहायता पर्खेर बसिरहन पर्दैन तर राजनीतिक पार्टीहरुले युवा नेतृत्व छान्दा देश र जनताका लागि रगत पसिना बगाएका भन्दा पनि व्यक्तिको गुलामी गरी प्रशस्त सम्पत्ति कमाउन सक्ने र नेतृत्वको चाकडी गर्नेलाई व्यवस्थापित गर्ने परिपाटी रहेको हामी सबै माझ थाहा हुँदै आएको कुरा हो । नेतृत्वको सपना देख्ने युवाहरूले आफूमा नेतृत्वको लागि चाहिने गुणहरूको पनि विकास गर्न जरुरी देखिन्छ । युवा नेतृत्व अवसर र चुनौती दुबै हो । तर, त्यस चुनौतीको पर्खाल भत्काउन तयार भएको देखाउँदैनन् केबल अवसरको पछि दौडिरहेको मात्र देखिन्छ । नेपाली विद्यार्थी युवाहरू विश्वका विभिन्न देश गइरहेका छन् । जसले गर्दा नेपालको ठूलो पुँजी विदेश पलायन भएको छ । त्यसैले तत्काल यी विद्यार्थीहरुलाई आफ्नै देशको विश्वविद्यालयमा फर्काउनका लागि हरेक क्षेत्रमा ठूलो सुधार गर्नका साथै पर्याप्त बजेट विनियोजन गर्नुपर्ने देखिन्छ ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा ‘युवा जाति विदेश जाउ देशमा रेमिटेन्स पठाउ’को अवधारणामा आधारित भएको विदेशिएका युवाहरूले भरपुर मात्रामा महशुस गरिरहेका छन् ।
नेपालको विकासको आधारशिला भनेको कृषि, जलस्रोत र पर्यटनलाई लिइन्छ । आधुनिक कृषि प्रविधि र वैज्ञानिक अनुसन्धानको माध्यमबाट उत्पादनमा वृद्धि ल्याउनुको साथै दिगो कृषि प्रथाहरूको अवलम्बन, जैविक खेती र माटोको संरक्षण गर्न महŒवपूर्ण देखिन्छ । जलस्रोतको प्रयोगबाट राष्ट्रिय ऊर्जा आवश्यकताहरू पूरा गरी विद्युत आयातमा निर्भरता घटाउन र कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सिँचाई परियोजनाहरूको विकास र प्रभावकारी व्यवस्थापनमा मद्दत पु¥याउँछ । नेपालको प्राकृतिक सौन्दर्य ऐतिहासिक र सांस्कृतिक धरोहर र विविधता नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यको रुपमा स्वीकारिन्छ । अत्याधिक पर्यटकीय दबाव र अव्यवस्थित विकासले प्राकृतिक र सांस्कृतिक सम्पदामा नकारात्मक असर पर्न सक्छ ।
त्यसकारण पर्यटन क्षेत्रलाई पर्यावरणीय र सांस्कृतिक दृष्टिले दिगो बनाउन जरुरी देखिन्छ । स्थानीय रोजगारी सिर्जना गर्न र सामुदायिक आधारमा पर्यटनको विकास गर्नुका साथै स्वास्थ्य र इको टुरिजम जस्ता नयाँ प्रकारको पर्यटनका अवसरहरूको विकासमा युवाहरुले अघि बढ्नुपर्ने देखिन्छ । आजको युग भनेको तीव्र परिवर्तन र चुनौतीहरूको युग हो प्रविधि सामाजिक संरचना र विश्वव्यापी समस्याहरूमा भइरहेको गतिशीलता युवा नेतृत्वका लागि एक अवसर चुनौती दुवै प्रस्तुत गर्दछ । युवा नेतृत्वको केन्द्रबिन्दु प्राय स्थानीय स्तरमा हुने गर्दछ । तर, यसको प्रभाव र दृष्टिकोण विश्वव्यापी हुनु पर्दछ ।
परम्परागत सोच र पुराना ढाँचाहरूको अप्ठ्यारोबाट बाहिर निस्केर युवा नेतृत्व नवविचार र दिगो समाधान खोज्न युवाहरू सक्षम छन् । सामाजिक न्याय र समानताको पक्षमा दृढरुपमा सक्रिय भएर आवाज उठाइरहँदा यसले समावेशी र समान समाज निर्माणमा ठूलो योगदान पु¥याउँछ भन्दा दुईमत पक्कै नहोला । लोकतान्त्रिक मूल्य र मानव अधिकारको संरक्षण गर्न, भ्रष्टाचार र अनियमितताका बिरुद्ध आवाज उठाएर राज्यको संरचना र प्रक्रिया सुधार्न हाम्रो जिम्मेवारी र अधिकार पनि मानिन्छ । जलवायु परिवर्तन शिक्षा र स्वास्थ्य जस्तो समस्याहरूको समाधानमा युवा नेतृत्वको सहभागिता भने एकदमै न्यून भएको पाइन्छ ।
आजको आवश्यकता भनेको प्रभावकारी, सिर्जनात्मक र समावेशी नेतृत्व हो । जसले केवल पारिवारिक नीतिहरूलाई मात्रै पालना नगरी नयाँ दृष्टिकोण र कार्यविधिहरू लागि गर्न सक्छ । युवा नेतृत्वको भूमिका विशेषगरी त्यस अवस्थामा आवश्यक छ । जहाँ दिगो विकास, सामाजिक न्याय, प्रविधिको उपयोग र विभिन्न समस्याहरुको सुधारको आवश्यकता छ । देश बनाउन उमेर होइन ग्रेड इच्छाशक्ति भएको नविन दृष्टिकोण बोक्ने विचारमा युवापन र युवा मन भएको व्यक्ति नै चाहिन्छ । जुन नेपाल राष्ट्रिय र नेपाली मनले खोजिरहेको छ । यो राष्ट्रले खोजेको नेतृत्व हामी मध्येबाट नै हामी युवाहरूले विकल्प दिन सक्नुपर्छ ।