छविराज ढकाल/ पथरीशनिश्चरे,
पथरी शनिश्चरे वडा नं २ को पथरी नगर अस्पताल संचालक समितिको आयोजनामा सरसफाई कार्यक्रम गरिएको छ।
शुक्रबार बिहान पथरी जेसीजले आफ्नो जेसीज सप्ताह अन्तर्गत उक्त अस्पतालको परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो भने लायन्स क्लव अफ क्रिएटिभ लेडीज , लायन्स क्लव अफ पथरी शनिश्चरे तथा हस्पिटल मार्ग उपभोक्ता समुह, स्थानीय सर्वधारण सहितको सामुहिक सहभागितामा उक्त अस्पताल परिसरमा जथाभावी रूपमा फालिएको प्लास्टिकजन्य तथा अन्य फोहरमैलालाई सरसफाई गरिएको हो।
सोहि क्रममा अस्पताल आसपासमा रोपिएका बिरुवाहरुलाई गोडमेल गरी गोबर मल समेत लगाईएको थियो।
उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा पथरी लायन्स क्लवका अध्यक्ष मुरारी प्रसाद आचार्य, पथरी नगर अस्पताल रेखदेख समितिका अध्यक्ष बाबुराम राई, सचिव रमेश ढकाल, पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्मा, महासचिव निर्मला भट्टराई, नेपाल स्काउट पथरी शनिश्चरेका रोशन बुढाथोकी, लायन्स क्लव अफ दि क्रिएटिभ लेडीजकी देवी राई , सिड्लिङ मन्टेश्वरी स्कुलकी प्रिन्सिपल विन्दु राई चेम्जोङ, नगर हस्पिटल मार्ग उपभोक्ता समूहका सदस्यहरु, सो नगर अस्पताललाई २३ कठ्ठा बढी नि:शुल्क जग्गा दिनु हुने जग्गादाताहरू , स्थानीय यूवाहरुको सकृय सहभागिता रहेको थियो।