राप्रपाप्रति जनताको आस्था दिनप्रतिदिन बढ्दैछ– लिङदेन

0
67

झापा।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाप्रति जनताको आस्था दिनप्रतिदिन बढ्दै गएकाले अव देशको नेतृत्व राप्रपाले गर्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा पार्टीको नगर अधिवेशनलाई आईतबार सम्बोधन गर्दै उहाले ठूला पार्टीका नेताहरुविरुद्ध जनताले मुर्दाबादको नारा लाउन थालेको र नेतृत्वकर्ताहरू विभिन्न काण्डहरूमा फसेकाले जनताको विश्वास गुमाइसकेको जिकिर गर्नुभयो।

प्रत्यक्ष निर्वाचन प्रणालिबाट प्रधानमन्त्रीको छनौट, संघियता खारेजी, भष्ट्राचार मुक्त समाज राप्रपाको मुख्य एजेण्डा रहेको र आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै उहाले राप्रपाका कुनैपनि तहका नेता तथा कार्यकर्ता यस्ता गतिविधिमा संलग्न नरहने उल्लेख गनुभयो।

२०६४ सम्म औलामा गन्न सकिने मात्रै कार्यकर्ता रहेको पार्टीको नेतृत्वप्रति जनताको आशा र भरोसा बढेर राप्रपाको सिद्धान्त स्थापित भइसकेकाले अव कसैले रोकेर राप्रपा नरोकिने उहाको भनाई थियो ।

कार्यक्रमलाई सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक, प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओली, कोशी प्रदेश अध्यक्ष एवंम दमक नगरपालिकाका मेयर राम थापा, जिल्ला अध्यक्ष केशब ओझा, नेकपा एमाले विर्तामोडका नगर अध्यक्ष सुवास भट्टराई, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here