उपनिर्वाचनः झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

0
67
भद्रपुर (झापा), 
झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएका स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल । स्वतन्त्र उम्मेदवार ओली ४९३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । तस्बिरः सन्तोष शर्मा/रासस
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ ।
आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो ।
कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here