माई खोलामा बगाएर ल्याएको काठ बरामद

0
67

झापा ।

झापाको शिवसताक्षीबाट प्रहरीले सखुवाको गोलिया काठ बरामद गरेको छ ।

तस्करहरूले माई खोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ प्रहरीले बरामद गरेको हो ।

शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी एक लाख २० हजार मूल्य बराबरको करिब ४० क्युफिट काठ प्रहरीले बरामद गरेको हो।

अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here