उपचारमा सहयोग गरिदिन मिथुनको अपिल

0
25

बिर्तामोड ।

बिर्तामोड–१०, चमरधापमा बसोबास गर्दै आएका मिथुन लिम्बूलाई उपचारमा समस्या भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

केही समय पहिले सडक दुर्घटनामा परी स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचार गराइएका २२ वर्षीय मिथुनको स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि कमजोर आर्थिक अवस्थाका कारण परिवारलाई उपचारमा समस्या भएको हो ।

छ वर्षअघि पाँचथरको फिदिम नगरपालिका–६ स्थित शिवामा सडक दुर्घटनामा परी पेटको अपरेशन गरेपछि बर्सेनि उपचार गराइरहनु परेको र हालै पुनः अवस्था जटिल बनेपछि उपचारमा तीन लाख रुपैयाँ खर्च लागेको र अझै उपचार खर्च लाग्ने भएपछि समस्यामा परेको मिथुनका बाबु धनकुमार लिम्बूले बताए ।

दुःख र पीडाको अनुभव गर्दै उनले भने– ‘शुरुमा दुर्घटनापश्चात् बिएण्डसी अस्पतालमा छोराको उपचारमा १८ लाख खर्च लागेको थियो ।’ त्यसपछि बर्सेनि उपचार खर्च गर्नुपरेकोले समस्या भएको उनले बताए । अलिकति भएको पुख्र्याैली पहाडको पाखोबारी साहुलाई दिएर उपचार खर्च गरेको र अहिले अर्काको जमिनमा बस्दै आएको र आफूसँग केही नभएकोले छोरालाई बचाउन सहयोग गरिदिन उनले आग्रह गरे ।

पाँच जना छोरा र ती जना छोरी भएका उनकी आमा तीलकुमारीले आफ्ना सहारा र आशा भनेकै छोराछोरी भएकाले उनीहरुलाई हुर्काउन सकेपछि केही हुन्थ्यो भन्ने लागेको थियो । तर, हुर्के–बढेको छोरालाई नै यस्तो भएर ठूलो दुःख आइलाग्यो; भएको सबै खर्च सकिएर पनि उपचार गरिरहनुपर्दा खर्च अभाव भयो । के गर्ने ! मनकारी दाताले केही आर्थिक सहयोग गरिदिए ठूलो उपकार हुन्थ्यो, दुखित मुद्रामा उनले भनिन् ।

बोल्न समेत गाह्रो भइरहेको देखिएका मिथुनले भने– ‘आन्द्राको पहिलो अपरेशन गरिएको भए पनि सुकेर दिसा बन्द हुने समस्या भएपछि पुनः अपरेशन गर्दा खर्च बढेको र राम्रो उपचार भए आफू ठीक हुन सक्ने थिएँ ।’

कमाइ गर्ने कोही नभएको र ज्यालादारी कामबाट परिवारको पालनपोषण गर्न समेत कठिन भइरहेको बेला उपाचार खर्च तिर्न समस्या भएकोले उनीहरुले संकटमा सहयोग गरिदिन सबै मनकारी व्यक्ति, संघ–संस्था, स्थानीय सरकार, जनप्रतिनिधि सबैसँग आग्रह गरेका छन् । सहयोग गर्नका लागि सम्पर्क फोन मिथुन ९८१५९१७०५५ र चामबहादुर जबेगू– ९८०८५६३८३२ (कियाचु अध्यक्ष)मा सम्पर्क गरिदिन पनि उनीहरुले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here