नगर अध्यक्षमा पुनः टिकेन्द्र

0
24

बिर्तामोड ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान बिर्तामोड नगर समितिको सातौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको बन्दसत्रले आगामी कार्यकालका लागि पुनः बिर्तामोड नगरपालिका–६ निवासी टिकाराम (टिकेन्द्र )अधिकारीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको छ ।

जसअनुसार वरिष्ठ उपाध्यक्ष देवीप्रसाद, उपाध्यक्ष बासु, सचिव नवराज, सहसचिव टीका, कोषाध्यक्ष कृष्ण अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरु किशोर, नन्दकुमार, पवित्रा, यदुनाथ, नरनाथ, दुर्गा, महेन्द्र, निलकुमार, ओमकुमारी (उषा) गोपाल र घनश्याम अधिकारी चयन भएका छन् ।

त्यस्तै बिर्तामोड–६ का वडा सदस्य एवम् जग्गादाता खेमनाथ अधिकारीको संयोजकत्वमा तीन सदस्य सल्लाहकार समिति भएको छ । जसमा रामप्रसाद र कमल अधिकारी तथा नगरबाट जिल्लामा प्रतिनिधित्व गर्न जिल्ला परिषद् सदस्यमा सपना, रामप्रसाद, नन्दिकेशर अधिकारी, केन्द्रीय परिषद् सदस्यमा नरेन्द्रकुमार र चिरञ्जीवी अधिकारीलाई छनोट भएको निर्वाचन समितिका सदस्य गोपाल अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष टिकाराम टिकेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष एवम् वंशावली सङ्कलन समितिका संयोजक नरेन्द्रकुमार अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रीय महासचिव चिरञ्जीवी अधिकारी, कोशी प्रदेश सदस्य गुरुप्रसाद अधिकारी, झापा जिल्ला उपाध्यक्ष प्रकाश अधिकारी, भद्रपुर नगर सचिव भीम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष टिकेन्द्रले प्रस्तुत गरेको प्रतिवेदनमा बिनपा वडा नम्बर ६ मा रहेको दुई कठ्ठा जग्गामा सामुदायिक भवन निर्माण गर्न नगरबासी बन्धुहरूलाई सहयोगको अपिल गरेका थिए । कार्यक्रममा भद्रपुर नगर अध्यक्ष देवीप्रसाद, जिल्ला सचिव सपना, केन्द्रीय महासचिव चिरञ्जीवी अधिकारीले शुभकामना दिएका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोकुलप्रसाद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here