जलेश्वरको मानव बेचविखन तथा लागूपदार्थ दुव्र्यसन बिरुद्ध सचेतना

0
30

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा मानव बेचविखन तथा लागूपदार्थ दुव्र्यसन बिरुद्ध एक दिने सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

१६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान अन्र्तगत अर्जुनधारा–९ बा¥हघरेस्थित गार्गी वाङ्मय प्रतिष्ठानको सभाहलमा केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष भीष्म मिश्रले उद्घाटन गरेका थिए ।

सहजकर्ताहरु सशस्त्र प्रहरी बल शनिश्चरे बेसका प्रमुख प्रहरी नायव उपरीक्षक दिव्यराज कोइराला, शनिश्चरे प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक होमनाथ खनाल र कोशी प्रदेशका रोष्टर ट्रेनर अरुणा चौधरीले सहजिकरण गरेको कार्यक्रममा ४० जना बढीको सहभागिता रहेको केन्द्रकी परिचालक मञ्जु दाहालले जानकारी दिइन् ।

कार्यक्रममा स्थानीय श्री आधारभूत विद्यालयकी प्रधानाध्यापक सुजता शिवाकोटी सापकोटा, केन्द्रका संस्थापक अध्यक्ष कुमार भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए । केन्द्रकी अध्यक्ष सुवेदीले कार्यक्रमको औचित्य तथा सदस्य इन्दिरा दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन परिचालक दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here