यातायात मजदुरहरूले अपाङ्गलाई गरे सहयोग

0
25

अर्जुनधारा ।

नेपाल मजदुर यातायात संघ अन्तर्गत हल्का सवारी चालक संघ बिर्तामोड नगर समितिले अपाङ्गता र टुहुरा भएका बालबालिका हरुका लागि सहयोग प्रदान गरेको छ ।

अर्जुनधारा नगरपालिका कप्तानबारीमा संचालित अपाङ्ग बाल सरोकार केन्द्रमा आज आयोजित एक कार्यक्रममा मजदुर हरुले करिब १५ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।

नेपाल मजदुर यातायात संघ हल्का सवारी चालक संघका बिर्तामोड अध्यक्ष प्रदीप कुमार लिम्बुको संयोजन र नेपाल चिया बगान मजदुर संघका केन्दीय अध्यक्ष दीपक तामांगको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सहयोग वितरण कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य रश्मिशेखर सुवेदीको उपस्थिति रहेको थियो।

२०६९ सालमा स्थापना भएको उक्त अपाङ्ग बालसरोकार केन्द्रका सञ्चालक कृष्ण दुलालले संस्थामा १३ बाल बालिका रहेको र ७ जनालाई शनिश्चरे उच्च मा वि मा पठनपाठनको व्यबस्था मिलाइएको र बाँकीलाई केन्द्रमै राखी हेरचाह भै रहेको जानकारी दिए ।

केन्द्रको कुनै नियमित आर्थिक श्रोत नभएकोले दाताहरु बाट प्राप्त सहयोगले सञ्चालन भै आएको सञ्चालक दुलालले बताए। बिर्तामोड निवासी समाजसेवी डिल्ली प्रसाईले २०७० साल देखि नियमित रुपमा महिनाको ३० केजी चामल र कतारमा बैदेशिक रोजगारीमा रहेका भवानी कोईरालाले २०७४ साल देखि बार्षिक ५ हजार सहयोग गरिरहेको दुलालले जानकारी दिए ।

आफू पनि अपाङ्ग भएको र अपाङ्गता भएकाहरुको लागि केही गर्न सकौं भनी कन्काई मावि सुरुङ्गाको शिक्षण पेशा छोडेर यस कर्ममा लागेको बताउने दुलाललाई यो केन्द्र सञ्चालनका लागि स्व. डा. गंगानाथ बास्तोलाको परिवारले झापाको कप्तानबारी स्थित घर निःशुल्क प्रदान गरेकोछ ।

केन्द्रमा दुलाल लगायत ३अरु जना कर्मचारी कार्यरत रहेकाछन् । सहयोग वितरण कार्यक्रममा प्रमुख अतिथी नेपाल चिया बगान मजदुर संघका केन्दीय अध्यक्ष दीपक तामाङले मजदुरहरूले आफ्नु गाँस काटेर प्रदान गरेको सहयोगले अपाङ्गता भएका बालबालिकाको अनुहारमा खुशी छाए यो नै सर्वोत्तम मानव धर्म हुने बताए । मजदुरहरुको सहयोगको सह्राना गर्दै नेका जिल्ला सदस्य रश्मिशेखर सुवेदीले भने सधैँ दिएर खान पुगोस् ।

कार्यक्रममा केन्द्रका सञ्चालक दुलालले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here