रोङमा लाप्चा नयाँ बर्ष धुमधामले मनाइयो

0
146

गणेश अर्याल,इलाम ।

लोपोन्मुख लाप्चा जातीले नयाँ बर्ष २३४५ धुमधामका साथ मनाएका छन् यसै क्रममा इलामको रोङ गाउपालिकामा पनि नया बर्ष मनाइएको छ ।

लाप्चा जातीले नया बर्षलाई नामआल, नाम वन र नामसुङ भनेर मनाउने गर्दछन् । रोङ गाउपालिकाको वडा नम्बर ३ जिल्बोङमा आयोजित एक कार्यक्रममा यो पर्ब सामुहिक रुपमा मनाइएको हो ।

जिल्बोङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवासले लाप्चा जातिको जातीय पहिचानको लागि निर्माण भएको सग्राहलयको बाकी काम यसै बर्ष पुरा हुने बताउनु भएको छ । जिल्बोङमा निर्माण भएको भवनको संरचना तयार भएपनि घेराबारा तथा अन्य आवस्यक ब्यवस्थापकका काम नहुदा सग्राहलय सञ्चालनमा आउन सकेको छैन स्थानीय जगत बहादुर लाप्चा र उत्तम लाप्चाले अनुदानमा उपलब्ध गराउनु भएको २ रोपनी जमिनमा सग्राहलय को भवन निर्माण भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोङ ३ का वडा अध्यक्ष मात्रिका बरालले लाप्चा समुदायको सरक्षण र बिकास भएमा मात्रै रोङको बिकास हुने बताउनु भयो । उहाले भौतिक निर्माण मात्रै बिकास नभइ मानबीय क्षमताको बिकासलाई पनि बिकासको रुपमा लिनु पर्ने बताउनु भयो । तत्कालिन सबिधान सभाका सदस्य टिकाराम लाप्चाले पायक पर्ने ठाउमा सग्रहालय नभएकोमा दुख ब्यक्त गर्नुभयो । हासपोखरी आसपासको क्षेत्रमा सग्राहलय निर्माण भएको भएमा सग्राहलय सञ्चालनमा आर्थिक संकलन समेत हुन मा उहाले जोड दिनुभयो ।

कार्यक्रममा सामुहिक पुजा पाठ ध्यान तथा सामुहिक भोजनको समेत ब्यवस्था मिलाईएको थियो । स्कुस पिढालु बनतरुल घरतरुल भ्यागुर लगायतका तरुल तथा कन्दमुल उसिनेर खाजाको रुपमा सहभागीलाई बितरण गरिएको थियो ।

लाप्चा समुदायका मानिसहरु जातिय भेष भुषामा सज्जिएर उपस्थित भइ लाप्चा भाषामा देउसीभौलो कार्यक्रम पनि गरिएको थियो । ज्ञानकुमारी लाप्चाले स्वागत मन्तब्य राखेको कार्यक्रममा शारदा आधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लालबहादुर मुखिया, लाप्चा भाषा शिक्षक सागरमान लाप्चा लाप्चा भाषाबिज्ञ दावा लाप्चा लगायतले नयाबर्ष २३४५ (दुइहजार तीन सय पैतालिक)को बारेमा शुभकामना सहित आ आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रम तेजु लाप्चाले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा लाप्चा जातीय पहिचान झल्कने बिभिन्न बस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here