मोटरसाइकल दुर्घटना र साइकलबाट लडेर झापामा तीन जनाले ज्यान गुमाए

0
100

झापा।

झापाका छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजनाको मोटरसाइकल दुर्घटनामा र अर्का एकजनाको साइकलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा शिवगञ्जबाट भेलामुनितर्फ जाँदैं गरेको मे ३ प ४६०२ नम्बरको मोटरसाइकलले साइकलयात्री सोही ठाउँ बस्ने ६६ वर्षीय दरपलाल राजबंशीलाई ठक्कर दिएको थियो । घाइतेलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोडमा थप उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा मे १० प १४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलमा पछाडी सवार २८ वर्षीय नितेश राई घाइते भएका थिए ।

दुबै जनालाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा घाइते नितेश राईको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यता साइकलबाट लडेर घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय नबीन राईले मादक पदार्थ सेवन गरी साइकल चलाउँदा नालीमा लडेर उनी घाइते भएका थिए ।

उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा प्रारम्भिक उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here