प्रहरी चौकी नुम संखुवासभाको नवनिर्मित भवनको उद्घाटन

0
29

योगेन्द्र योगी
बिराटनगर,

संखुवासभाको मकालु गाउँपालिका-५ स्थितमा रहेको प्रहरी चौकी नुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । सोमबार आयोयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकी नुमको समुद्घाटन भएको हो ।

नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको वताए ।

उनले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई सम्मान गर्नुका साथै सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।

नव निर्मित भवनको उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत, मकालु गाउँपालिकाका अध्यक्ष ओङदी छिरिङ शेर्पा, जिल्ला समन्वय कार्यबाहक प्रमुख वबिता खत्रीले आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत प्रहरी कर्मचारीहरु, विभिन्न राजनैतिक दलका पधादिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज,स्थानियबासी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नव निर्मित अढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन नेपाल सरकारको नियमित बजेट १ करोड ४४ लाख ३० हजार ४३४ रुपैँयाको लागतमा निर्माण कार्य सम्पन्न भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here