बिर्तामोडमा ‘सहारा साहित्य साँझ’

0
38

बिर्तामोड ।

झापाको बिर्तामोडमा ‘सहारा साहित्य साँझ’ हुने भएको छ । वीरता लेडी जेसीज बिर्तामोडको आयोजना तथा सहारा नेपाल साकोसको आर्थिक सहयोगमा आगामी मंसीर २१ गते सहारा साहित्य साँझ हुने आज (मंगलबार) बिर्तामोड पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

भाषा, धर्म संस्कृति र साहित्यको जर्गेना गर्ने उदेश्यले बीरता लेडी जेसीजले सहारा साहित्य साँझ कार्यक्रम आयोजना गरेको निवर्तमान अध्यक्ष संगीता गिरीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीको अध्यक्षतामा भएको कार्यक्रममा लेडी सेसीजकी पूर्व अध्यक्ष तथा महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्वाको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत सह–सचिव एलिना रिजाल ढकालले गरेको कार्यक्रममा सेसीजकी जनसम्पर्क अधिकारी तारा बस्नेतले जेसी आस्था बाचन गरेकी थिइन् । कार्यक्रमको औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष संगीता गिरीले पारेको कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल उद्यमी महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमली, सञ्चारिका समुह झापा अध्यक्ष लीला अनमोललगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मुना अधिकारी ढुङ्गेलले गरेकी थिइन् ।

सहारा साहित्य साँझमा ‘नेपाली साहित्यमा यौन बिज्ञान र प्रेम’ बिषयमा मनु मन्जिल, मुनाराज शेर्मा र मिश्र बैजन्ती बिच साहित्य बहस हुने छ भने गजलकार बिन्दु निरौलासहित अन्य गजलकारसँग गजल सन्ध्या हुने लीला अनमोलले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here