झापा।
लागूऔषध दुर्व्यवसनमा फसेका युवा युवतीलाई लक्षित गरेर नेपाली चलचित्र निर्माण भएको छ । जनचेतनामूलक यो चलचित्र उदयमान झापाली निर्देशक कसम खवास ले निर्देशन गरेका छन्। उनको यो पहिलो चलचित्र हो।
युवा युवतीलाई सुनौलो भविष्यतर्फ डोर्याउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेलेको निर्देशक खवासले बताए । उनले भने ‘हामीले चलचित्रको नाम ‘कुलत’ राखेका छौं। कुलतमा फसेर आफ्नो भविष्य बर्बाद बनाइरहेका युवा पुस्तालाई लक्षित गरेर यो चलचित्र निर्माण भएको हो।’
परिवारका सबै सदस्य एकै ठाउँमा बसेर यो चलचित्र हेर्न सकिने निर्देशक खवासले जानकारी दिएका छन्। ’मेरो छोरा छोरी को आचरण, व्यवहार, संगत कस्तो हुनुपर्छ भन्ने सन्देश चलचित्रले देखाएको छ।’ त्यसैका लागि पनि हरेक घरका बुबाआमाले यो चलचित्र हेर्न उचित हुने निर्देशक खवासले जानकारी दिए ।
“कुलत” ले सामाजिक मुद्दा र युवा पुस्ताको जीवनमा लागूपदार्थ दुव्र्यसनले पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तु बनाएको छ। यस चलचित्रले कुलतको असर, परिवारमा पर्ने प्रभाव, समाजको दृष्टिकोण र यसबाट उम्किन प्रयास गर्ने पात्रहरूको कथा कुलतमा छ ।
चलचित्रमा मुख्यतः समाज सुधारको सन्देश छ । जसले युवाहरूलाई कुलतबाट टाढा रहन प्रेरित गर्दछ। यस प्रकारका चलचित्रहरूले मनोरञ्जन मात्र होइन, सामाजिक चेतना फैलाउने उद्देश्य पनि राखेको निर्देशक खवासले बताए ।
झापाको बिर्तामोड स्थित पाथिभरा सिनेप्लाजा मा यो चलचित्रको विमोचन भएको थियो। त्यसपछाडि लक्षित भूगोलमा प्रिमियर शो भइरहेको निर्देशक खवासले बताएका छन्।
दुई घण्टा लामो यो चलचित्रमा लागू औसत प्रयोगकर्ता, अवैध व्यवसाय गर्ने व्यवसायी, कुलतमा फसेका बुबाआमाको कथावस्तु समेटिएको छ । लागू औसत प्रयोगकर्ताहरूले कसरी यो अवैध व्यवसाय गरिरहेका छन् भन्ने कुरा पनि चलचित्रले देखाउँछ।
५० लाख लागतको यो चलचित्र कुमारी लिम्बु खवास, मानबहादुर सावा, मोहन फोम्बुले निर्माण गरेका हुन् । रेगन प्रसाईको द्वन्द्व, नरेश चौधरीले छायाङ्कन र तिलक रिजालले सम्पादन गरेको कुलतमा रिसछैन राई को पटकथा छ।
चलचित्र कुलतमा ज्ञानु श्रेष्ठ, सुगम नेम्बाङ र निकी बिक मुख्य भूमिकामा छन् । झापाको शिवसताक्षी स्थित डूडामारी बजारमा पहिलोपटक कुलत्तको प्रिमियम शो भएको थियो । एकैपटक करिब ५०० स्थानीयले यो चलचित्र हेरेको यसका निर्माताले बताएका छन्।
शिवशताक्षी नगरपालिका वडा नं ८ का वडाध्यक्ष सन्त कुमार फेउदेनले समय सापेक्ष र युवा लक्षित चलचित्र निर्माण भएको आफूले पाएको उनले बताए । कुलतले पछिल्लोपटक समाजलाई निकै प्रभाव पारिरहेको छ । यो चलचित्र हेरेपछि सकारात्मक सन्देश समाजमा आउने वडा अध्यक्ष फेउदिन्ले बताए । निर्माताले यो चलचित्रलाई झापाका टोलटोलमा पुर्याउने लक्ष्य लिएको छ। स्थानीय पालिकासँग सहकार्य गरेर खास गरेर लक्षित भूगोलमा चलचित्र प्रदर्शन हुने निर्माताले बताएका छन् ।
झापाको मेचीनगर, भद्रपुर, शिवशताक्षी, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बिर्तामोड, कचनकवल लगायतका पालिकामा लागू औसत प्रयोगकर्ता र यसको कारोबार गर्नेको संख्या बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ। हरेक पालिकामा युवालक्षित कार्यक्रमहरू सञ्चालित छन्।
ती कार्यक्रमहरूले टोलटोलमा भएका लागू औसधका कारोबारी र प्रयोगकर्तालाई छुनुपर्ने बताइएको छ। कुलत नामको चलचित्रको मुख्य उद्देश्य पनि कुलतमा फसेका युवा जनशक्तिलाई त्यसबाट जोगाउनु रहेको निर्देशक खवासले बताए ।