अर्जुनधारा ।
झापाको अर्जुनधारा–९ स्थित बा¥हघरे सितोरियो कराते डोजोको आयोजनामा आगामी पुस ६ गते दोस्रो मेयर कप आमन्त्रित अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
स्थानीय श्री आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता खेलकुदको माध्यमबाट सकारात्मक समाज निर्माणमा योगदान पु¥याउने तथा स्थानीयस्तरमा कराते खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
आयोजक डोजोसहित झापा, इलाम, मोरङ, सुनसरी, छिमेकी देश भारत र भुटानका अनुमानित चार सय ५० जना खेलाडीको प्रतियोगितामा सहभागी रहने डोजो व्यवस्थापन समितिका सचिव एवम् प्रमुख प्रशिक्षक हेमलाल परियारले जानकारी दिए ।
त्यसैगरी झापा जिल्ला सितोरियो कराते महासंघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा ५० जना अफिसियल सहभागी हुने छन् । प्रतियोगिता अन्र्तगत पुरुषतर्फ २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६५ प्लस केजी तथा महिलातर्फ २० केजी, २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ५५ प्लस केजी तौल समूहमा खेलहरु सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख ८० हजार रुपैयाँ खर्च लाग्ने डोजोका अध्यक्ष नारद नेपालले जानकारी दिए । प्रतियोगिताबाट बचत भएको रकमले डोजो सञ्चालनसँगै डोजोको निर्माणाधीन भवनमा लगानी गरिने बताइएको छ ।
डोजोका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित कार्यक्रमममा प्रमुख अतिथि करातेका एकेएफ रेफ्री एवम् अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, वडा सदस्य गौरीमाया चिमरीया, झापा जिल्ला सितोरियो कराते महासंघका अध्यक्ष जगन कार्कीलगायतले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पहल गर्ने बताएका छन् ।
डोजोका अध्यक्ष नेपालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव परियारले गरेका थिए ।