झापा ।
झापाको मेचीनगर–१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख बराबरको लत्ताकपडा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी गर्ने मेचीनगर नगरपालिका– १० टिमाई भेली बस्ने २८ वर्षीय दुखूँ मिया र सोही ठाउँ बस्ने २१ वर्षीय तेजराज विष्ट पक्राउ परेका हुन् ।
सीसी टिभी फुटेजमा उनीहरूको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा दुवैलाई नियन्त्रणमा लिएको हो ।
चोरी गरी लगेको लत्ताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।