अर्जुनधारा ।
झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी मन्दिर भद्रकाली शक्तिपीठमा शुक्रबारदेखि श्रीमद् देवी भागवत महापुराण एवम् धन धान्याञ्चल नवाह ज्ञान महायज्ञ शुरु भएको छ ।
२३औं वार्षिक अनुष्ठानको रुपमा शक्तिपीठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगर कार्यपालिका सदस्य कौशिलाल परियारले उद्घाटन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा शक्तिपीठ व्यवस्थापन समितिका पूर्व सचिव तुलसी श्रेष्ठले नगद सहयोग गर्दै गल्ला र पूजारी दीनेश काफ्लेले धान्याञ्चलको उद्घाटन गरेका थिए ।
यही मंसीर २९ गतेसम्म सञ्चालन हुने महायज्ञ अन्र्तगत दैनिक पाठ पारायण, महात्म, कथा प्रवचन, भजनकिर्तन, झाँकी प्रदर्शन आदि हुने बताइएको छ । महायज्ञको प्रमुख वाचक पण्डित जगन्नाथ भण्डारी र उपवाचक बालकृष्ण दाहाल रहेका छन् ।
कार्यक्रममा दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छविलाल लम्साल, विन्ध्यावासिनी मन्दिर व्यवस्थापन समितिका सचिव एकदेव खनाल, बागेश्वरी दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका सचिव देवराज बुढाथोकी र नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तोयानाथ ओलीले मन्तव्य राखेका थिए ।
समितिका सदस्य तिलक भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन पूर्व सहसचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।