गणेश अर्याल, इलाम ।
इलामको रोङ गाउपालिका ६ रम्याङमा सञ्चालन भइरहेको साकेला कप फुटबल प्रतियोगिताको पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् ।
पहिलो चरणको खेल अन्तरगत अन्तिम दिन सुक्रबारको खेलमा सिकारी एफ सि गोरख र जिर्मले एफ सि बिजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा आयोजक योङ स्टार फुटबल क्लबलाई ५–३ गोल अन्तरले पाखा लगाउदै गोरख बिजयी भएको हो ।
त्यसैगरी दोश्रो खेलमा फाजिगाउका खेलाडी अनुपस्थित भएपछि जिर्मले एफ सि लाई बिजयी घोषणा गरिएको थियो । अव दोश्रो चरणको खेल शनिबार बाट सुरु हुदैछ ।
शनिबार पनि दुइ खेल नै हुने छन् । पहिलो खेल कुवापानी एफ सि र सलकपुर एफ सि बिच तथा दोश्रो खेल वाइल्ड हिल रिसोर्ट सलकपुर र सुन्तले एफ सि बिच हुने आयोजक समितिका अध्यक्ष सञ्जिब नाछिरिङले बताउनु भयो ।
“स्वास्थ्यका लागि खेल,विकासका लागि खेल र सामाजिक सद्भाव को लागि खेल“ भन्ने नाराका साथ यङ स्टार फुटबल क्लब को आयोजनामा गत मङ्सिर १७ गते बाट रोङ गाउपालिका ६ को रम्याङ स्थीत घुमाउने खेल मैदानमा साकेला कप फुटबल प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको फाइनल खेल आगामी मसिर ३० गते हुने आयोजकले जनाएको छ ।