ओमसाइ पाथीभरा नर्सिङ कलेजमा स्टाफ नर्स, एचए र फार्मेसी कक्षामा भर्ना खुला

0
128

भद्रपुर ।

भद्रपुर-८ स्थित ओमसाइ पाथीभरा नर्सिङ कलेजले स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसी कक्षामा भर्ना खुलाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक वर्ष २०८१/८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको हो।

प्रत्येक कक्षामा ४०/४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ। सिटिइभिटीले एक सूचना प्रकाशित गर्दै भर्नाका लागि आवेदन पनि खुल्ला गरिसकेको छ। भर्ना फारम सिटिइभिटीको वेभ साइटबाट भर्न सकिने अस्पतालका सूचना अधिकारी मनोज दाहालले जानकारी दिए ।

यही मंसिर २७ गतेसम्म प्रवेश परीक्षाका लागि फार्म भरिसक्नुपर्ने सिटिइभिटीको सूचनामा उल्लेख छ। कलेज सञ्चालन गर्नुअघि ओमसाइ पाथीभरा हस्पिटलले लामो समयदेखि यस क्षेत्रमा सुविधा सम्पन्न सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here