कमल ।
९ औं चासोक तङनामको अवसरमा याक्थुम स्टार सिजन दुईका उत्कृष्ट ६ जना प्रतियोगी सम्मानित भएका छन् ।
झापाको कमल गाउँपालिका ३ केर्खामा सम्पन्न याक्थुम लिम्बु समुदायहरुको मौलिक उद्यौली पर्व येले तङवे ५०८४ चासोक तङनाम (न्वागी पुजा)का अवसरमा याक्थुम स्टार सिजन दुईका उत्कृष्ट ६ जना प्रतियोगीलाई सम्मान गरिएको हो ।
याक्थुम युवा मञ्च कमलको आयोजनामा भएको कार्यक्रममा सम्मानित हुनेहरुमा रविन लिम्बू, संजिव लिम्बू, साहिल लिम्बू, प्रतिमा लिम्बू, रविना लिम्बू र कर्मिला लिम्बूलाई सम्मान गरिएको तमोर टेलिभिजन ताप्लेजुङ्का अध्यक्ष तथा याक्थुम स्टार सिजन दुईका सिईओ मनिकुमार लिम्बुले (ब्रोसिस) जानकारी दिनुभयो ।
याक्थुम युवा मञ्च कमलकाका अध्यक्ष आशिष लेक्षर्वो लिम्बूको अध्यक्षातामा भएको कार्यक्रममा याक्थुम मुन्धुमको ईतिहास र संस्कृतीका अध्येता डिबी आङ्बुङ्ग, याक्थुम युवा मञ्चका केन्द्रिय अध्यक्ष राजेन्द्र इदिङ्गो, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले कमल गाउँपालिका १ नम्वर वडा अध्यक्ष केदार कटुवाल लगायतले चासोक तङनामको शुभकामना मन्तव्य राख्नु भएको थियो ।