पालिकास्तरीय नृत्य तथा गायन प्रतियोगिता, पूर्वाञ्चलकर्मी भण्डारी सम्मानित

0
36

कमल।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) कमलको पालिका स्तरिय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा पहिलो दिन राष्ट्रिय र सांस्कृतिक नृत्य प्रतियोगिता तथा दोस्रो दिन गायन तथा मोर्डन नृत्य प्रतियोगितामा सम्पन्न भएको थियो । प्रतियोगिता कमल गाउँपालिका–६ स्थित साउथपोल एजुकेशन फाउण्डेसनको प्राङ्गणमा सञ्चालन भएको थियो ।

पहिलो दिन आयोजना गरिएको राष्ट्रिय तथा सांस्कृतिक नृत्य प्रतियोगिता अन्र्तगत राष्ट्रिय नृत्य तर्फ प्रथम निहारीका अंग्रेजी स्कूल, कमल–३ द्वितीय पाथीभरा बोर्डिङ स्कूल, कमल–२ र तृतीय लालिमा बोर्डिङ स्कूल कमल–३ त्यस्तै सांस्कृतिक नृत्यतर्फ प्रथम पाथीभरा अंग्रेजी स्कूल, कमल–२ द्वितीय निहारीका बोर्डिङ स्कूल कमल–३ र तृतीय लालिमा बोर्डिङ स्कूल कमल–३ भएको प्याब्सन कमलका सचिव त्रिलोचन गौतमले जानकारी दिए ।

त्यसैगरी दोस्रो दिन सम्पन्न प्रतियोगिता अन्तर्गत आधुनिक नृत्यतर्फ प्रथम निहारीका अंग्रेजी स्कूल, कमल–३, द्वितीय पाथीभरा बोर्डिङ स्कूल, कमल–२ र तृतीय साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६ तथा गायन जुनियरतर्फ प्रथम साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६, द्वितीय विद्या सदन बोर्डिङ स्कूल, कमल–१ र तृतीय निहारीका अंग्रेजी स्कूल, कमल–३ तथा गायन सिनियरतर्फ प्रथम फोनिक्स अंग्रेजी बोर्डिङ स्कूल, कमल–४ द्वितीय साउथपोल एजुकेशनल फाउण्डेशन, कमल–६ र तृतीय निहारीका अंग्रेजी स्कूल, कमल–३ भएको कमल प्याब्सनका सचिव गौतमले बताए ।

कमल प्याब्सनका हरेक गतिविधिले समग्र कमल गाउँपालिकाको शिक्षा क्षेत्रलाई अगाडि बढाउन मद्दत पुगेको छ । प्याब्सनले हरेक वर्ष स१चालन गर्ने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीभित्र भएको फरक क्षमतालाई पहिचान मद्दत पुग्ने कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुल शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताए ।

प्याब्सन कमलका अध्यक्ष दिपक संग्रौलाको अध्यक्षता भएको कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, ६ नं. वडाध्यक्ष नरेन्द्र भट्टराई, प्याब्सन झापा वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की, उपाध्यक्ष जनार्दन ढकाल, सचिव हरिकृष्ण पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पूर्वाञ्चलकर्मीसहित विद्यार्थी सम्मानित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमलले सञ्चारकर्मीसहित विद्यार्थीलाई सम्मान गरेको छ ।

प्याब्सन कमलको सातौं साधारणसभामा घोषणा गरिएको पुरस्कार पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिताको अवसर पारेर सञ्चारकर्मीसहित २०८० को एसईईमा परीक्षामा उत्कृष्ट भएका दुई जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

प्याब्सनले सञ्चालन गरेका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रकाशन र प्रशारण गरेर सहयोग गरेको भन्दै पूर्वाञ्चलकर्मी पत्रकार उमानाथ भण्डारी सम्मानित भएका छन् ।

त्यस्तै संस्थागत विद्यालयतर्फ २०८० को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका तथा पाथिभरा बोर्डिङ स्कूल, कमल २ का छात्र प्रशंङ्ग अधिकारी (जिपिए ३.९१) र निहारीका अंग्रेजी स्कूल, कमल–३ की छात्रा कलिना खड्का (जिपिए ३.८७) लाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here