भद्रपुर ।
सौर्य एयरलाइन्सले पाँच महिनापछि उडान पुनः सुचारु गर्ने भएको छ ।
एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार आगामी पुस भित्रैबाट उडान शुरू गर्ने तयारी गरिएको छ।
पोखरामा मर्मत सम्भारका लागि लैजाने क्रममा गत साउनमा त्रिभुवन विमानस्थलमै सौर्यको जहाज दुर्घटनामा परेपछि उडान बन्द भएको थियो। सो दुर्घटनामा १८ जनाको निधन भएको थियो ।
उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया अघि बढाइएको बजार प्रमुख खनालले जानकारी दिए ।
प्रक्रिया पुरा हुनासाथ पुस महिनाबाटै नियमित उडान गर्ने जनाइएको छ ।