बिर्तामोड ।
घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
पूर्व मेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी गराए लगत्तै उनी विरुद्ध जाहेरी परेको बताइएको छ । जबरजस्ती करणी अभियोगमा जाहेरी परेको प्रहरीले जनाएको छ ।
पूर्व मेयर शिवाकोटीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर राखेको जनाइएको छ । उनलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको । शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको आारोप लगाइएको छ ।
स्थानीय एक विद्यालयमा ११ कक्षामा अध्ययनरत रहेकी उनलाई शिवाकोटीले पटकपटक करणी गरेको बताइएको छ ।