अर्जुनधारामा प्याब्सनको सांस्कृतिक कार्यक्रम–२०८१ हुने

0
72

अर्जुनधारा ।

निजी तथा आवासिय विद्यालय संगठन नेपाल(प्याब्सन) झापाको आयोजना र अर्जुनधाराको सञ्चालनमा प्रत्येक वर्ष हुने सांस्कृतिक कार्यक्रम–२०८१ भोलि मंसीर २६ र २७ गते हुने भएको छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

अर्जुनधारा–६स्थित ब्रीलियन्ट प्यूपल्स सेकेन्डरी स्कूलको प्राङ्गणमा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्ने प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमले जानकारी दिए ।

कार्यक्रम अन्र्तगत जुनीयर गायन(१२ वर्ष मुनी), सीनीयर गायन(१२ वर्ष माथि), आधुनिक नृत्य(कक्षा–१देखि ५), राष्ट्रिय नृत्य(कक्षा–६ देखि ८), सांस्कृतिक नृत्य(कक्षा–९ र १०) र मन्टेश्वरी प्रस्तुती हुने बताइएको छ । “मन्टेश्वरी प्रस्तुती बाहेक सबै प्रतियोगितात्मक प्रतिस्पर्धा हो”–अध्यक्ष गौतमले स्पष्ट पारे ।

प्याब्सनमा आबद्ध ३३ विद्यालयका एक हजार ५६ जना विद्यार्थीको सहभागिता रहने सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अनुमानित १५ लाख रुपैयाँ खर्च लाग्ने प्याब्सनका कोषाध्यक्ष राजन वाग्लेले जानकारी दिए ।

त्यसैगरी सोही उद्घाटन कार्यक्रममा अर्जुनधारा–५स्थित होली बेसिल इङलिस बोर्डिङ स्कूलका सञ्चालक एवम् वडाध्यक्ष गीताराज खड्का “हरि”लाई सम्मान गर्ने कार्यक्रम रहेको प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रविन कार्कीले बताए ।

त्यस्तै प्याब्सन अर्जुनधाराले यही मंसीर २८, २९ र ३० गते खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्ने बताइएको छ । क्रिकेट, छात्र र छात्रा भलिबल, यू–१२ र यू–१५ छात्र फुटबल, टेबल टेनिस, बुद्धिचाल र सडक दौड हुने प्रतियोगितामा ३३ वटा विद्यालयका एक हजार आठ सय जना विद्यार्थी सहभागी हुने उपाध्यक्ष कार्कीले जानकारी दिए ।

नगरपालिका अन्र्तगत ७ नं., १० नं., ११ नं. वडामा रहेका खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । प्याब्सन अध्यक्ष गौतमको अध्यक्षता र प्याब्सन झापाका उपाध्यक्ष टिआर गौतमको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद नेपालले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here