बिराटनगर,
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) सुन्दरहरैँचा नगर समितिका नयाँ पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विराटचोकमा एक कार्यक्रमका वीच पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
प्याब्सन सुन्दरहरैँचा समितिको तेस्रो अधिवेशनबाट दिपक क्षेत्रीको नेतृत्वमा ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसको उपाध्यक्षमा टीका पराजुली, सचिवमा सूर्य दंगाल र कोषाध्यक्षमा नर्वदा क्षेत्री र सदस्यहरुमा जीवन बस्नेत र तेजप्रसाद पौडेल रहेका छन् ।
उक्त अधिवेशनको निर्वाचन समितिमा प्याब्सनका केन्द्रिय सचिव हेमन्त कार्की अध्यक्ष रहेका थिए । कार्यक्रममा प्याब्सन सुन्दरहरैँचा नगर समितिका निर्वतमान अध्यक्ष दिपेन राईले नयाँ कार्यसमितिका अध्यक्ष दिपक क्षेत्रीलाई माइन्युट हस्तान्तरण गरेका थिए ।
निर्वतमान अध्यक्ष दिपेन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई नयाँ कार्यसमितिका उपाध्यक्ष टीका पराजुलीले सञ्चालन गरेका थिए ।