विराटनगगर।
झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधीसहित ६ जना पक्राउ परेका छन ।
मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१६ का २७ बर्षीय सञ्जीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्यावसमेत गरी २६३० ट्यावलेट सहित र धरान–१५ का २६ वर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेटसहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका–६ का संदिप तामाङ र भोक्राहा नरसिंह–४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ । लागूऔषधसहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।