पथरी शनिश्चरे,
मोरङ्गको पथरी शनिश्चरे वडा नं ०८ को वडा कार्यालयले भजन किर्तन समुहहरूलाई किर्तन सामग्रीहरू प्रदान गरेको छ।
बिहीबार वडा कार्यालयको प्राङ्गणमा “वडा नम्बर ८ को आकृती, जोगाऔं हाम्रो संस्कृती” भन्ने मूल नाराका साथ विभिन्न ९ वटा भजनकीर्तन समूहलाई आवश्यक कितन सामग्रीहरू वितरण गरिएको हो।
ती भजन किर्तन समुहहरुलाई किर्तनका लागि ढोलक, डफली, ठूलो झ्याली, स्टार झ्याली, मझिरा लगाता विभिन्न आवश्यक बाद्य वादनका सामग्रीहरू प्रदान गरिएको वडाध्यक्ष नवीनजंग कार्कीले बताउनुभयो।
वितरण समारोहका अध्यक्ष वडाध्यक्ष तथा नगरप्रवक्ता कार्कीले ‘आफ्नो वडाले सो प्रयोजनका लागि एक लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेर ती सामाग्रीहरू प्रदान गरिएको बताउनुभयो । उहाँले ‘यहाँका किर्तन टोलीहरुले थुप्रै समस्याहरू झेलिरहेको बेला वडा कार्यालयले यो सानै सहयोग भए पनि प्रदान गरेको ‘ उल्लेख गर्नुभयो ।
पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राईको प्रमुख अतिथितामा सम्पन्न उक्त कार्यक्रममा नगरकी पूर्व उप – मेयर यमुना बिष्ट बास्तोला, पुर्व- वडा अध्यक्ष बाबुराम दाहाल , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। उक्त अवसरमा विभिन्न भजन किर्तन समुहहरूले एक – एक वटा सुमधुर भजनहरू गाएर अतिथि तथा दर्शकहरूको मन समेत खिचेका थिए ।