आज विश्व तटस्थता दिवस

0
4

विश्वमा तेस्रो विश्वयुद्ध नहोस् भन्ने उद्देश्यका साथ स्थापित संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुरुप डिसेम्वर १२ का दिन अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइन्छ । पूर्ण स्वतन्त्रताको अपेक्षासहित आज विविध कार्यक्रमका साथ मनाइने यो दिवसले विश्वमा शान्ति कायम गर्न तटस्थताको आवश्यकता हुने भन्दै यसको प्रवद्र्धनमा जोड दिँदै आएको छ । राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको समेत पैरवी गर्दै आएको छ । विश्वयुद्धका समयमा धु्रविकृत भएका देशहरुमा गुटबन्दी र समूहको प्रभाव बढी देखिएको थियो । त्यसले विश्वलाई प्रभाव पा¥यो र दोस्रो विश्वयुद्ध मार्फत् नरसंहार र आर्थिक तथा भौतिक क्षति गरायो । त्यसबाटै सिकेर राष्ट्रसंघको आह्वान मुताविक सबै राष्ट्रहरुको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्तिमैत्री समाजको अवधारणा यो दिवस मार्फत् अघि सारिएको हो ।

द्वन्द्व, संकट र विनाशक युद्धलाई रोक्ने उद्देश्यका साथ मनाउन थालिएको यो दिवस नेपाल जस्ता विकासोन्मुख देशहरुका लागि उपयोगी हुने ठानिएको छ । यद्यपि आज पनि विश्वका कतिपय देशहरुमा युद्ध भइरहेको छ । विनाशक हतियारहरु प्रयोग गरेर मानव सभ्यतालाई नै नष्ट गरिरहेको छ । यस्तो अवस्थामा तटस्थताको आन्दोलनलाई अझै प्रभावकारी ढंगले अघि बढाउन जरुरी छ । विश्व समुदायमा शक्तिशाली राष्ट्रका बीच आ–आफ्नो प्रभाव विस्तार गर्ने प्रतिष्पर्धा रहेका बेला संयुक्त राष्ट्रसंघले अघि सारेको शान्तिका लागि तटस्थता अभियान विद्यमान तनाव, विवाद र युद्ध रोक्न सहयोगी हुन सकेन भने यो दिवसको सान्दर्भिकता र औचित्य नै निष्फल हुनेछ ।

राष्ट्र निर्माता वडा महाराजधिराज पृथ्वीनारायण शाहले त्यहीबेला नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए । दुई ठूला देशको बीचमा रहेका कारण नेपालले तटस्थताको धर्म अंगिकार गर्न र दुबै देशलाई समान दूरीमा राख्न उनले सुझाएका थिए । त्यही सुझावलाई मार्गदर्शन मान्ने नेपालका तत्कालीन राजा महेन्द्रले असंलग्न परराष्ट्र नीतिको अख्तियार गरेका थिए । एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र तटस्थ बस्ने नीति अख्तियार गरेका राजा महेन्द्रले असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । असंलग्न परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित नीति हो, जसका कारण नेपालले विश्व रंगमञ्चमा आफ्नो गौरव र गरिमा कायम राख्न सकेको थियो । त्यसैले हाम्रो जस्तो सानो देशले कुनै शक्ति वा गुटको पछि नलागी सबैसँग सम्बन्ध विस्तार गर्न अग्रसर हुनु पर्दछ । यो दिवसले शान्ति, विकास र भाइचाराको सन्देशलाई बलियो बनाउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here