नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

0
14

झापा ।

नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। झापामा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो। मतदान आज विहान १० बजेदेखि ४ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरन्जीवी खनालले जानकारी दिए।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको छ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ।

प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन्। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्।

मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ।

झापामा एकराज गिरी, डिकेश लामा, टिकाराम नेपाल (नेती) र राजेन्द्र गौतम चुनावी मैदानमा रहेको छ । गिरीलाई नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको समर्थन रहेको छ भने लामालाई प्रेस सेन्टर, आदीवासी जनजाति प्रत्रकार संघसहितका संगठनको समर्थन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here