झापाका पुस्तक तथा स्टेसनरी व्यवसायी एकै ठाँउमा

0
111

झापा,

झापाका पुस्तक व्यवसायी शनिबार आयोजित वनभोज कार्यक्रममा रमाएका छन्।

झापाको पर्यटकीय स्थल दोमुखामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरू नतमस्तक भएर रमाए । वनभोजमा नाच गान, दोहोरी, म्युजिकल‌ चियर लगायतका प्रतियोगिता भएका थिए ।

अरुबेला पसलमा बसेर सेवाग्राहीको माग बमोजिमको पुस्तक तथा स्टेसरीनका सामग्री बिक्री वितरण गर्ने व्यवसायी रमाएको देख्दा आफूलाई खुसी लागेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष जीवन नेपालले बताए ।

व्यवसायी परिवारका सदस्य सहित वनभोज कार्यक्रममा सहभागी भएका थिए। यसैले पनि वनभोज कार्यक्रममा अधिकांश व्यवसायीहरू खुसी देखिएको महासंघका केन्द्रीय सह कोषाध्यक्ष रबिन बरालले बताए । झापामा करिब ४०० का हाराहारीमा पुस्तक तथा स्टेसनरीका व्यवसायी छन्न्। यीमध्ये ३१५ व्यवसायीले नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासङ्घको सदस्यता प्राप्त गरेका छन्। । झापामा पाँचवटा इकाइ झापा शाखाले गठन गरेको छ।

वनबोज कार्यक्रममा इकाइगत हाजिरी जवाफ प्रतियोगिता पनि भएको थियो । यो प्रतियोगिताको उपाधि तीन नम्बर इकाइले जितेको छ। इकाइ ४ का जीवन नेपाल, तीर्थ काफ्ले र सुरेन्द्र दाहालको समूह हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ। यस्तै दुई नम्बरका इकाइका नवीन घिमिरे, समीर प्रसाई र रबिन बरालको समूह दोस्रो भएको छ। यता पाँच नम्बर इकाइ अन्तर्गत सनम पौडेल, ईश्वरी न्यौपाने र युवराज नेपालको समूह तेस्रो भएको छ ।

हाजिरी जवाफ प्रतियोगिता कन्चनजङ्गा एफएमका पत्रकार दिपेन्द्र पौड्यालले सहजीकरण गरेका थिए । उनी जीविका इन्टरप्राइजेजका सञ्चालक हुन् । विजेता तीनवटै समूहलाई शिवशताक्षीको शताक्षी‌ सप्लायर्सले प्रायोजन गरेको पुरस्कार प्रदान गरिएको थियो ।

यता म्युजिकल चियरमा तीन नम्बर इकाइका संयोजक संयोजक तीर्थ काफ्ले प्रथम, दुई नम्बर इकाइका संयोजक नवीन घिमिरे दोस्रो र बुधबारेका योगेन्द्र पौडेल तेस्रो भएका थिए । विजेता सबैलाई नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासङ्घ झापा शाखाको नवौँ वार्षिक साधारण सभाको अवसर पारेर प्रमाणपत्र प्रदान गरिने महासंघका झापा अध्यक्ष विनोद सापकोटाले बताए ।

कार्यक्रममा, महासङ्घका केन्द्रीय सहकोषाध्यक्ष रबिन बराल, कोशी प्रदेशका सचिव दिवाकर भट्टराई, उपसचिव टंकमणि भट्टराई, अधिवक्ता फडेन्द्र राज न्यौपाने लगायतको सहभागिता थियो। कार्यक्रम सचिव चन्द्रमणि घिमिरेले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य नवीन घिमिरे ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here