विमल दहाल, माई ।
इलामको दानावारीस्थित दानावाारी कृषि सहकारीको ११औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भक्त वहादुर काफ्लेको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका प्रमुख व्यबस्थापक डिल्लीराम खतिवडाले आर्थिक स्थितिको प्रतिवेदन, अध्यक्ष काफ्लेले वार्षिक प्रगती प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिको तर्फवाट राजेश चौहानले लेखा तथा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा ४८ लाख ४७ हजार ३ सय रुपैंया शेयर पूँजी, जगेडा तथा अन्य कोष हिसाब १४ लाख २७ हजार ९ सय २८ रुपैयाँ, वचत तथा निक्षेप हिसाब १ करोड ४६ हजार २ सय ३५ रुपैया, संरक्षित पुजि फिर्ता कोष ६६ हजार ७ सय ५९ रुपैया, लगानीमा रहेको ऋण ७७ लाख ६२ हजार २ सय ८३ रुपैया, सञ्चालन आम्दानी १ करोड ६ लाख ३ हजार ७२ रुपैयाँ, खर्च १ करोड २ लाख ३५ हजार ४ सय ३४ रुपैयाँ र सञ्चालन मुनाफा २ लाख ९२ हजार ८ सय १८ रुपैया रहेको बताईएको थियो।
संस्थाले अर्थिक वर्ष ०८० र ०८१ मा १ करोड ७४ लाख ३५ हजार ९ सय ४ रुपैंयाको कूल कारोवार गरेको जनाएको छ । सधारण सभाको अवसरमा संस्थाले सबै अतिथिहरु र कृषि क्षेत्रमा सफल सदस्यहरुलाई कृषि औजार सहित रुद्राक्षको माला लगाएर मायाको चिनोका साथ सम्मान गरिएको थियो। विऊ विजन भण्डार, डेरी पसल, ५ वटा सेवा केन्द्र, सस्थाको निजी १५ रोपनी जग्गा रहेको छ । ५ जना कर्मचारीद्वारा सञ्चालित दानावारी कृषि सहकारी माई नगरको समावेशी पुरानो सहकारी संस्था हो ।संस्थामा ५२३ जना सदस्य रहेका छन ।
सहकारीको बार्षिक सभामा प्रमुख अतिथी माई-३ का वडाध्यक्ष देवकुमार तामाङ, वडा नम्बर १ का वडाध्यक्ष राम वहादुर राई, कार्यपालिका सदस्य दल बहादुर शंकर, वडा नम्बर ४ का वडा सदस्य लेखमाया राई, रेडक्रस दानावारी सभापति मित्र प्रसाद गौतम, कन्काई माविका प्रअ हरि प्रसाद पौड्याल, पुर्व शिक्षक राम मगर, मनि बहादुर अधिकारी, शेयर सदस्य भिम आचार्य, पत्रकार विमल दहाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन लेखा सुपरिवेक्षण समिति सदस्य पवित्रा मगरले गर्नुभएको सदस्य मिना श्रेष्ठले जानकारी दिनुभयो