लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बिहीवारे बजारको श्री शोभा भगवती नवदुर्गा पाञ्चायतन धाममा बाल्मिकी रामायण साप्ताहिक पुराण शुरु भएको छ ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले आज (आइतवार) पुराणको उद्घाटन गरेका छन् । मन्दिरको २० औं अनुष्ठान अन्तरगत यस बर्ष मंसीर ३० गतेदेखि पौष ६ गतेसम्म पुराणको आयोजना गरिएको हो । मन्दिरको बार्षिक कार्यक्रम अन्तरगत अक्षयकोषबृद्धि गर्ने उदेश्यले पुराणको आयोजना गरिएको पुराण आयोजक समितिका अध्यक्ष अभिनारायण गिरीले जानकारी दिए ।
गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख बलदेवको प्रमुख आतिथ्य तथा अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि) को बिशिष्ठ आतिथ्य रहेको थियो ।
पुराणको प्रमुख बाचकका रुपमा पण्डित हरि नेपाल रहेका छन् भने उप–वाचकका रुपमा पण्डित लक्ष्मीप्रसाल पोखरेलले रहेका छन् । स्वागत आयोजक समितिकी सह–संयोजक रमा रिमालले गरेको कार्यक्रमको सञ्चालन सदस्य रुद्र ओलीले गरेका थिए ।