सुनसरी ।
सुनसरी रामधुनी नगरपालिका–९ डुम्राहामा प्रदेश न. १–०२–००४ ह १४८१ नम्बरको सिटि सफारी आफै अनियन्त्रित भइ दुर्घटना हुँदा सिटी चालकको मृत्यु भएको छ ।
खेतबाट सिटी सफारीमा धान ओसार्ने क्रममा दुर्घटना हुदाँ घाईते भएका सिटी चालक स्थानीय ५०बर्षीय पुरण चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानूनी कारबाही भई रहेको बताइएको छ ।