इलाम ।
इलामको सन्दकपुर गाउँपालिका–४ सायाङ्बास्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विद्युतको पोलमाथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० बर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।