झापा ।
पाँचथरको मिक्लाजुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मिक्लाजुङ गाउँपालिका–५ कालो खोल्सीको लसीबोटे बस्ने ६३ वर्षीय मानबहादुर राई सिक्देम्बाबाट मासुको पैसा उठाएर घर फर्कने क्रममा भिरबाट लडेर ५० मिटर तल झरेका थिए । घाइतेलाई उपचारको लागि झापातर्फ ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राई भिरबाट लडेको स्थानीयवासीले देखेर घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्ट्रक्चरमा राखेर गाडीसम्म लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।