सापकोटा कुल पूजा माईधारमा : माघ २ गतेदेखि पुराण

0
2

माइधार,

कोशी प्रदेशका सापकोटाहरूले झापाको माईधारमा आइतबार कुलको सामूहिक पूजा गरेका छन् । उधौली पर्वको अवसर पारेर सापकोटाहरूले कुल पूजा गरेको सापकोटा कल्याण केन्द्र झापाले जनाएको छ।

गौडिन्य गोत्रका सापकोटाले उधौली र उभौली मा वर्षमा दुईपटक सामूहिक कुल पूजा (गोठ धुप) गर्ने गरेका छन् । सापकोटा कल्याण केन्द्र झापाले आयोजना गरेको कार्यक्रममा माघ २ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने जानकारी दिइयो । पुराणका लागि सबै तयारी पूरा गर्न विभिन्न उपसमितिहरू गठन हुने पनि केन्द्रका झापा अध्यक्ष सन्तोष सापकोटाले बताए ।

पुराणबाट संकलित रकमबाट करिब ३०० जना अटाउन सक्ने सभा हल निर्माण हुने केन्द्रका झापा सचिव रामप्रसाद सापकोटाले बताए । उनले भने,’ ’ब्राह्मण दक्षिणा का दाता हुनुहुन्छ। भोजन र प्रसादी गराएर बचेको रकमबाट सभाहल निर्माण हुनेछ ।’

यस्तै सापकोटाको कुल मन्दिर पनि माई धर्म निर्माण हुने भएको छ । केन्द्रका झापा कोषाध्यक्ष प्रेमसागर सापकोटाको नेतृत्वमा कुल मन्दिर निर्माण हुने केन्द्रले बताएको छ ।

सापकोटा कल्याण केन्द्र का कोशी प्रदेश अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा रामबाबु सापकोटाले कुलदेवताको पूजा गर्ने विधि र पद्धतिको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा केन्द्रका मोरङ अध्यक्ष राजु सापकोटा र केन्द्रका उपाध्यक्ष लक्ष्मी सापकोटाले आफ्ना धारणा राखेका थिए।

यस्तै केन्द्रले कोशी प्रदेशबाट कक्षा १२ मा उत्कृष्ट अङ्कलाई उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई नगद सहित पुरस्कृत गरेको छ । इलाम सन्दकपुर ५ की नम्रता सापकोटा र झापा अर्जुनधारा ६ बिर्ता मोडका सुरक्षा सापकोटालाई दोसल्ला सहित जनही नगद २ हाज्र ५०० द्वारा पुरस्कृत गरिएको थियो।

कुल पूजामा कोशी प्रदेशका करिब ५०० सापकोटा भेला भएका थिए । मञ्जु सापकोटाले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण केन्द्रका झापा सचिव रामप्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष सन्तोष सापकोटाले सांगठनिक दस्ताबेज वाचन गरेका थिए । उनले सापकोटाको वंशावली र कुलदेवताको पूजा गर्ने मन्दिर स्थापना गर्ने केन्द्रको मुख्य लक्ष्य रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here