हल्दिबारीमा पशु उपचार अस्पतालको उद्घाटन

0
11

झापा।

झापाको हल्दिबारी गाउँपालिकामा नवनिर्मित पशु उपचार अस्पतालको उद्घाटन गरिएको छ ।

कोशी प्रदेश सरकारबाट सशर्त अनुदानमा ५० लाख र गाउँपालिकाको १४ लाख २८ हजार आठ सय १४ रूपैयाँ लागतमा भ्याट सहित ६२ लाख ९२ हजार ५ सय ५१ रूपैयाँ लागतमा तयार भएको अस्पताल २०८० चैत १४ गते योजना सम्झौता भएको थियो। अस्पताmलको झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले उद्घाटन गरेका थिए ।

एञ्जिलिना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले २०८१ कार्तिक मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। हाल सम्म गाउँपालिकाबाट ४८ लाख ६३ हजार सात सय ३७ रूपैयाँ भुक्तानी भएको र बाँकी रकम मुल्यांकन पछि भुक्तानी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।

यो अस्पताल पूर्ण रुपमा प्रयोगमा आएपछि हल्दिबारीसहित छिमेकी स्थानीय तहलाई समेत पशु उपचारमा सहजता मिल्ने बताइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारी गाउँपालिकाले पशु अस्पताल निर्माण गरेर प्रशंसनीय कार्य गरेको भन्दै पशुपालन र कृषि लाई प्राथमिकता दिनुपर्ने बताए ।

अस्पताललाई आवश्यक उपकरण र प्राविधिक व्यवस्थापन तयार गरेर छिट्टै संचालनमा ल्याउन पनि उनले आग्रह गरे । अस्पतालले पशुपालक किसानहरूलाई रोग उपचार, खोप सेवा, र प्राविधिक तालिम जस्ता सेवाहरू व्यवस्थित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ। यसले किसानहरूको पशु पालन व्यवसायलाई थप व्यवस्थित र फाइदाजनक बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

हल्दिबारी गाउँपालिकाले यस अस्पताल निर्माण गरी अन्य पालिकाभन्दा अगाडि रहेर पशुपालन क्षेत्रको विकासमा ऐतिहासिक कदम चालेको कार्यक्रमका वक्ताहरूले बताएका थिए। अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि हुने र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अस्पताललाई अझ प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप गर्ने र थप सेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए । हल्दिबारी गाउँपालिकाले सुत्केरी पशु प्रोत्साहन स्वरुप आवश्यक भिटामिन औषधि सहितको सुत्केरी पोषण प्याकेज समेत वितरण गर्दै आएको छ।

हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत वन, जनप्रतिनिधि , सरोकारवालासहित सबै शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो‌ । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here