विमल दहाल, इलाम ।
इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको पराल माँचमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार परालको माँचसगैं जलेर ज्यान गुमाउने व्याक्ति देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवा रहेका छन् ।
करिव एक हप्तादेखि स्थानीय क्षेत्रमा ज्याला मजदुरी गरी हिँड्ने शिवाको ज्यान कसरी गयो र आगलागी कसले गर्यो भन्ने बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।