सरोजकुमार ओली एउटा सम्मान योग्य व्यक्ति हुनुहुन्थ्यो । जसले राजनीतिक चेतनाका साथमा शैक्षिक, साहित्य, सामाजिक र सँंस्कृतिका क्षेत्रमा समेत जागरण ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उनी तिनै व्यक्ति हुन्,जसले आफुलाई बाचुञ्जेलसम्म ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतङ्गमय’ अर्थात मलाई असत्यबाट सत्यतर्फ लैजाउ, अन्धकारबाट उज्यालो तर्फ लैजाउ एवं मृत्युबाट अमरत्वतर्पm लैजाउ भन्ने सिद्धान्तलाई पालना गदैृ मृत्यु पश्चात आफुलाई अम्मरत्व तर्फ लैजान सफल भए ।
‘आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोऽर्जुन ।’(गीता ८/१६)
यो प्राकृतिक जगतमा सबैभन्दा माथि रहेको ब्रह्मलोकदेखि तलैसम्मका सबै लोकहरु भनेका बारम्बार जन्म र मृत्यु भइरहने स्थान हुन । बह्माण्डभित्रका कुनै पनि प्राणीले मृत्युबाट छुटकारा पाउँदैनन् । ब्रह्माण्डभित्र विशेषगरी तीन लोक स्वर्ग, मत्र्ये, पाताल छन् । यी तिनै लोकमा अनेकौं प्रकारका प्राणीहरु छन् । जसलाई हामी स्थलचर, नभचर, उभयचर र जलचरका रुपमा चिन्दछौं । यी प्राणीहरु तिनै लोकमा रहेका हुन्छन् । उदाहरणका लागि जुन प्राणीहरु माथि–माथि सयर गर्दछन्, तिनीहरु नभचर हुन् । जसले स्वर्गको अनुभव गरेका हुन्छन् । हाम्रो कल्पनामा स्वर्ग माथि हुन्छ, तल हुँदैन । कुनै प्राणी पातालको सयर गरिरहेका हुन्छन् । तिनीहरु जलचर हुन् । हाम्रो कल्पनामा पाताल तल–तल हुन्छ, माथि हँुदैन । जलचरसँंग समुद्रभित्रको अनुभव हुन्छ । त्यसैगरी जमिनमा पनि बस्ने र पानीको माथिल्लो भागमा पनि बस्ने जस्लाई स्थलचर र उभयचरका रुपमा चिनिन्छ । जसले स्वर्ग र पाताल दुवैको अनुभव गरेको हुँदैन । तर, पृथ्वी वा मत्र्यलोकको भने अनुभव गरेको हुन्छ । यसबाट के पुष्टी हुन्छ भने मृत्यु आकाश, पाताल, मत्र्य जुनसुकै लोकमा सयर गर्ने भएता पनि प्राणीका रुपमा जन्म लिएपछि अवश्यमभावी छ, अर्थात् मृत्यु निश्चित छ । त्यसैले भनिन्छ– ‘जन्मने अवश्य मर्छ, मर्नेको जन्म नित्य छ । नाशिने देह माथिको तिम्रो शोक अयोग्य छ’ । (गीता २/२७)
जन्म लिए पनि हामी सदाका लागि रहँदैनौं । यसकारण जन्म लिएपछि एक दिन हामीले मृत्युको सामना गर्नु पर्ने रहेछ । यसको अर्थ जहाँ प्राणीहरु छन् र त्यहाँ जन्म र मृत्यु पनि भइरहन्छ । यही परिवेश र सिद्धान्तका आधारमा एउटा व्यक्ति अनेक व्यक्तित्वका धनी सरोजकुमार माथि पनि यही सिद्धान्त लागू भयो । अन्ततः उहाँको स्थुल वा भौतिक शरीर हामीबीचबाट हराएर गयो । तर, उहाँको अम्मरत्व वा किर्तिमान भने हामी माझमा नै छ । यसैले उहाँ कृतिशाली व्यक्तिको रुपमा परिणत हुनु भयो । अम्मरत्व प्राप्त गर्नुभयो ।
सरोजकुमार एउटा इतिहास हो । ऐतिहासिक धरोहर हो । जसले जीवनमा एक पटक देखेको, भनेको, सुनेको कुरा आजन्म जस्ताको त्यस्तै व्यक्त गर्न सक्थे, मानौं उनी मेसीन हुन् । मेसीनलाई अन गर्नासाथ जस्ताको त्यस्तै आप्mनो गति विधि नियमित रुपमा सञ्चालन गर्न थाल्दछ । यस प्रकारको प्रतिभाशाको क्रम उनी अन्तिम अवस्था रहँदासम्म पनि कायम भई नै रह्यो । उनको स्मरण शक्तिमा कुनै अन्तर आएन । आप्mनो जीवनको सम्पूर्ण ऊर्जा शैक्षिक जागरण, राजनीतिक चेतना, सामाजिक विकास र साहित्य तथा संस्कृतिको जगेर्ना गर्नमा नै खर्च गर्नुभयो । यस प्रकार उहाँ एउटा व्यक्तिमा मात्र सिमित नरही सार्वजनिक क्षेत्रको हितमा समर्पित हुुन पुग्नु भयो । उहाँको लक्ष्य भनेको खास कुनै व्यक्ति वा पक्षलाई मात्र खुशी तुल्याउनेभन्दा पनि राजनीतिक, सामाजिक, शैक्षिक, प्राज्ञिक, सहित्यक र सांस्कृतिक क्षेत्र जस्ता बहुआयामिक पक्षलाई खुशी तुल्याउनमा नै लक्षित हुन्थे ।
वि.सं.२००७ को क्रान्तिपछि नेपालमा राणाहरुको एकतन्त्रीय शासनको अन्त्य भयो । त्यसपछिका दिनमा शिक्षाका क्षेत्रमा गतिविधि सञ्चालन हुन थाले । पूर्वी पहाडको दुर्गम स्थानका रुपमा परिचित आठराइमा पनि यसको प्रभाव प¥यो । फलस्वरुप मूलपानी (संग्राती)मा त्रि–मोहन स्कूल र चुहान डाँडामा शारदा स्कूल खुले । आठराइमा पनि तत्कालीन समयम अंग्रेजी शिक्षाका साथमा औपचारिक शिक्षाको शुरुवात भयो । आठराईमा स्कूल खुले पनि पढाउने शिक्षकहरुको अभाव हुँदा दुबै स्कूलका सञ्चालक समितिले भारतको दार्जिलिङ खर्साङबाट नेपाली मूलका शिक्षकहरु ल्याएर कक्षा सञ्चालन गर्न थाले । ती दुवै स्कूलहरु क्रमशः प्राइमरी, मिडिल र हाइस्कूलमा परिणत भए । शिक्षाप्रेमी जनताहरुले मूलपानी र चुहानडाँडामा स्कूल भवनहरु बनाए । विस्तारै सबैले आधुनिक शिक्षाका लागि आफ्ना सन्तानहरुलाई स्कूलमा पढाउन थालेका थिए ।
यी र यस्तै परिवेशमा एउटा कर्मठ र दृढ अनि जवाफदेही पूर्ण विचारमा अडिग रहनुहुने सरोजकुमार ओली पूर्वी पहाडको दुर्गम अवस्थित ठाउँमा जन्मिए तापनि बाबु आमाको सोच र दुरदर्शिताले गर्दा तत्कालीन अवस्थामा उहाँले आठराईको एकमात्र प्रचलित संग्राती बजारमा स्थापना भएको त्रि–मोहन स्कूलमा औपचारिक शिक्षा लिने अवसर पाउनुभयो । साक्षर संख्या समेत न्यून रहेको अवस्था थियो । छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच पलाएकै थिएन । अंग्रेजी शिक्षालाई आत्मसात गर्न सकिरहेको अवस्था पनि थिएन । त्यो समयमा स्वास्थ्यको प्रतिकूल अवस्था रहँदारहँदै पनि उहाँले संघर्षका साथ हाइस्कूल शिक्षा पूरा गर्नुभयो । सानै उमेदेखि जुझारु स्वभाव अनि आफूलाई जँचेको कुरामा दृढ र प्रतिबद्धताका साथ लागि पर्ने विशेषता रहेको कुरा उहाँको विगत पानालाई नियालेर हेर्दा पाइन्छ । पढाइमा पनि अब्बल ठहरिएका उनी सोही समयदेखि नै साहित्यका पारखीका रुपमा पनि परिचित रहेको पाइन्छ । जसले आफूलाई एउटा शिक्षित व्यक्तिका साथमा प्रगतिशील लेखकका रुपमा स्थापित गराएका थिए ।
तेह्रथुमस्थित आठराई गाउँपालिका अन्तर्गत होडामा पिता जगतमणि र माता सरस्वतीका साइँला पुत्रका रुपमा वि.सं. १९९८ असार २३ मा सरोजकुमारले जन्म लिनु भएको थियो । जीवन र जगतलाई राम्ररी बुझेका उहाँले शिक्षाको क्षेत्रमा आप्mना विद्यार्थीको र साहित्यको क्षेत्रमा विशेषगरी स्रष्टाहरुको मन जित्न सफल भएका थिए । उनका किर्तिहरुमा विशेषगरी तत्कालीन सरकारका क्रियाकलापमा चित्त नबुझेर विद्रोहका स्वर प्रस्तुत भएको पाइन्छ । उहाँले शिक्षा र साहित्यमा समान रुपमा योगदान दिँदै आएका थिए । जब उनले स्नातक तहको उपाधि लिए त्यसपछिका दिनमा उहाँले विभिन्न विद्यालमा अध्यापन गराउँदै आएका थिए । तत्कालीन अवस्थामा सराकारको कुदृष्टिबाट बच्नका लागि उहाँले शिक्षण गर्ने क्रममा बाध्यताबस दाङ, सुनसरी, मोरङ्ग र झापा लगायतका विभिन्न जिल्लामा अवस्थित विद्यालय परिवर्तन गर्दै आउनुभएको पाइन्छ । अन्ततः २०३० सालदेखि जब उहाँ स्थायी शिक्षकका रुपमा रहन पुग्नुभयो । त्यसपछि मात्र शनिश्चरे माध्यमिक विद्यालय झापामा लामो समयसम्म अर्थात् २०५८ सालसम्म निरन्तर रुपमा कार्यरत रहिरहनुभयो । स्थायी बसोबास पनि सोही समयदेखि शनिश्चरेलाई नै बनाएका थिए ।
धार्मिक, राजनीतिक, सामाजिक, शैक्षिका र साहित्यका क्षेत्रमा स्थापित भएका उहाँले विशेषगरी साहित्यमा पु¥याएको योगदानको फलस्वरुप राष्ट्रिय प्रतिभा पुरस्कार, षडान्न्द प्रतिभा पुरस्कार, महानन्द साहित्य पुरस्कार, प्रगतिशील राष्ट्रिय संघबाट राष्ट्रिय सम्मान, साहित्यक स्रष्टा मञ्च नेपाल र प्रगतिशील लेखक संघबाट अभिनन्दित, गोकुल जोशी, त्रिमूर्ति, जइन्द्र्र प्रसाई साहित्यक पुरस्कार, अर्जुनधारा नगरपालिकाबाट दीर्घ साहित्य सेवा पुरस्कारबाट पनि सम्मानित हुुनु भएको थियो । कडा परिश्रम गर्न रुचाउने प्रतिबद्ध जोशिला, लक्ष्य प्राप्तीमा लागि पर्ने स्वभावका धनी जसले आप्mनो जीवनमा विशेषगरी इतिहासका सन्दर्भहरु, साहित्यका सन्दर्भहरु, शिक्षा विकासका सन्दर्भहरु, सामाजिक विकासका सन्दर्भहरुको एउटै मालामा गाँसेर आप्mनो जीवनलाई समर्पित गर्नुभयोे । जसबाट उहाँले छुटकारा पाउनु नै भएको थिएन । गति अविरलरुपमा बढी नै रहेको थियो । यस प्रकारका गतिविधिबाट छुटकारा पाउनु अघि नै उहाँले यस लोकबाट अप्रत्याशित रुपमा कृतिशेष प्राप्त गर्नुभयो । यस प्रकारको कृतिशेषले सम्पूर्ण क्षेत्र प्रभावित भए, स्तब्ध भए, प्रताडित पनि भए ।
वि.सं. १९९८ सालमा तेह्रथुम आठराईको सानो गाउँ होडा जहाँ विशेषगरी माथिल्लो फेटमा लिम्बूहरुको बस्ती रहेको थियो भने तल्लो फेटमा ओली, शिवाकोटीहरु जस्ता ब्राह्मणल गायत अन्य विभिन्न जातजातिका मानिसहरुको बसोबास रहेको स्थानमा सरोजकुमारको जन्म भएको थियो । उहाँको शिक्षाको आरम्भ भने धुले पाठशालाबाट भएको थियो । खेतबारीमा किसानीका साथ दाउरा र घाँसपातमा सिमित रहेका परिवारका सदस्य सरोज कुमारले तत्कालीन समयमा हिउँदको समयमा सञ्चालन गरिने धुले पाठशालामा बाह्रखरी, १ देखि १०० सम्मका अङ्कका साथै साधारण जोड–घटाउ, गुणा भागाका अतिरिक्त साधारण कपाली तमसुक लेख्न र चण्डीका अर्धला, कवच, किलक र तेह्र अध्याय चण्डी पनि पढ्न सक्ने भएको कुरा उहाँले आप्mनो स्कूली जीवन भन्ने लेखमा उल्लेख गर्नुभएको छ । यसपछि अर्थात् २००८ सालदेखि भने उहाँले त्रि–मोहन स्कूल संग्रान्तीमा कक्षा २ मा भर्ना भइ औपचारिक शिक्षाको शुरुवात गरेका थिए ।
यहीबीचमा त्रि–मोहन स्कूल मिडिल स्कूल हुँदै हाइस्कूलसम्म भएको थियो । फलस्वरुप उहाँले एसएलसीसम्म पढ्ने मौका त्यही स्कूलमा पाउनुभयो । यसबीचमा बिरामीका कारणले केही समय उहाँको पढाइमा रुकावट भए तापनि २०१८ सालमा आएर त्यही त्रि–मोहन हाइस्कूलबाट एसएलसी पास गर्नुभएको थियो । यसपछि उहाँ त्रिचन्द्र कलेजमा साइन्स पढ्नका लागि काठमाडौं पुग्नु भई भर्ना पनि हुुनु भयो । साइन्स पढ्न पनि थाल्नु भयो । साइन्स पढ्दापढ्दै उहाँको शारीरिक अवस्थाले गर्दा पढाइमा पुनः बाधा पर्न गयो । तर, पनि उहाँले आफ्नो अध्ययनलालई निरन्तरता दिने क्रममा वि.सं. २०२१ मा विराटनगर मोरङ कलेजमा वाणिज्य शास्त्र ९ऋयmmभचअभ० पढ्न थाल्नु भयो । २०२२÷०२३ तिर विराटनगर मोरङ कलेजमा कलेज फि लाई लिएर ठूलो आन्दोलन भएको थियो । सो आन्दोलनमा सरिक भएका उहाँ पनि थुनामा पर्नु भएको थियो । आन्दोलन स्थगित भएसँगै उहाँ थुना मुक्त हुनुभएको थियो । वि.सं. २०२४ सालमा उहाँले महेन्द्र मोरङ्ग कलेज विराटनगरबाट वि.कम. पास गरे । यसपछिका दिनमा विशेषगरी शिक्षणका साथ–साथमा भाषा सहित्य र संस्कृति प्रति गहिरो अभिरुचीका साथ लाग्नु भयो ।
राजनीतिक दृष्टिकोणले उहाँ सबैको मियो हुनुहुन्थ्यो । सबैलाई मिलाएर लान सक्ने क्षमता उहाँको थियो । ज्वलन्त उदाहरण भनेको शनिश्चरे बहुमुखी क्याम्पसमा खेलेको भूमिकालाई लिन सकिन्छ । एउटा क्याम्पस जसलाई सञ्चालन गर्न कठिनाई भइरहेको अवस्थामा विशेषगरी अर्जुनधाराभित्रका सबै दलको अनुरोधमा उहाँले व्यवस्थापन समितिको नेतृत्व लिनु भएको थियो । त्यसो त उहाँ सोही क्याम्पसको व्यवस्थापन समितिको संस्थापक अध्यक्ष पनि हुुनुहुन्थ्यो । जसको नेतृत्वमा त्यस क्षेत्रका सम्पूर्ण शिक्षाप्रेमी, समाजसेवी, राजनीतिक व्यक्तित्व आदिको प्रयासमा तत्कालीन समयमा एक विगाहभन्दा बढी जग्गा क्याम्पसका नाममा खरिद गरिएको थियो । वास्तवमा क्यम्पसलाई ८÷१० कट्ठा जमिन भए पनि पुग्दथ्यो, तर उहाँहरुको आत्मविश्वास र दुरदर्शिताले गर्दा एक विगाह न्दा बढी नै जग्गा लिन सफल हुुन भयो । त्यही क्याम्पसमा उहाँले तीन कार्यकाल सञ्चालक समितिको अध्यक्ष भएर करिब आठ वर्षसम्म नेतृत्व लिएर अन्तत ८२ वर्षको उमेरमा शारीरिक अवस्था कमजोर भएका कारणले उहाँले क्याम्पसको नेतृत्वबाट विदा लिनु भयो । यस प्रकार उहाँको नेतृत्वमा घुडा टेकी सकेको क्याम्पसले बामे सर्दै टुकुटुकु र हिँडने अवस्थामा प¥याउनु भयो ।
मेरो देखाइमा उहाँ एउटा प्रेरक, उदाहरणीय, अनुकरणीय र प्रतिभाशाली व्यक्ति हुुनुहुन्थ्यो । जसलाई पनि उहाँले बाबु भनेर सम्बोधन गर्नुहुन्थ्यो । उहाँ बाचुञ्जेलसम्म मलाई एउटा जिवित इतिहास हो जस्तो लाग्दथ्यो । जसले राजनीतिक, सामाजिक, शैक्षिक, साहित्यिक लगायत पारिवारिक घटनालाई समेत बडो सहज र सरल ढंगले हामी माझमा जस्ताको त्यस्तै प्रस्तुत गर्नुहुन्थ्यो । नातामा दाजु भए तापनि हाम्रो समीप्यता भनेको शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधाराको उहाँ सञ्चालक समितिको अध्यक्ष र म सोही क्याम्पसको क्याम्पस प्रमुख भएको नाताले भएको थियो । पछिल्लो छ वर्ष हामीले एउटै क्षेत्रमा एउटै लक्ष्य र उद्देश्यका साथमा रहेर काम गरेका थियौं । हामीले वास्तविक रुपमा एकले अर्काको क्षमता पहिचान गर्न, चिन्न र बुझ्ने अवसर पनि पायौं । साथै एकअर्कामा आदर, सम्मानका व्यवहार प्रस्तुत गर्दै लक्ष्य प्राप्तीमा लागि पनि रह्यौं ।
समुदायको लगानीमा स्थापना भएको क्याम्पसमा उहाँले दिनुभएको योगदान प्रशंसनीय र सराहनीय पनि छ । क्याम्पस स्थापना गर्नदेखि लिएर त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका रुपमा जमिन खरिद गर्न, भवन बनाउन आवश्यक पर्ने स्रोत जुटाउनका साथै अन्य प्राविधिक र शैक्षिक पक्षका लागि समुदायमा अवस्थित शिक्षासेवी, समाजसेवी, बुद्धजीवि, प्राध्यापक, विद्यार्थी, अभिभावक, राजनीतिक व्यक्तित्व र जनप्रतिनिधिहरुसँग निःस्वार्थ भावले समन्ववय गरी उनीहरुलाई विश्वासमा लिन उहाँ लागीपर्नुहुन्थ्यो । फलस्वरुप सबैको साथ र सहयोग पाएर नै उहाँको नेतृत्वदायी भूमिका सफल भएको थियो । प्रतिकूल राजनीतिक अवस्था र क्याम्पसले भोगी रहेको संकटकालीन अवस्थामा पनि बिचलित नभइकन क्यामम्पसले आफ्नो शाख जोगाउने अवसर उहाँकै नेतृत्वमा पाएकाले यसको श्रेय पनि नेतृत्वका कारणले उहाँमा जान्छ नै । जसले गर्दा आजका दिनमा क्याम्पसले व्यवस्थापन, शैक्षिक तथा भौतिक पक्षमा अग्रगति लिइरहेको छ । यो सबै यस क्षेत्रका शिक्षा सरोकारका सम्पूर्ण क्षेत्रबाट पाएको साथ र सहयोगको परिणाम हो । जुन साथ र सहयोग लिन उहाँको समन्वयकारी भूमिकाले गर्दा सफल पनि हुनु भयो ।
अन्त्यमा, बन्धु परिवारमा पनि उहाँ नेतृत्वदायी भूमिकाका रुपमा ओली वंश समन्वय केन्द्रिय समितिको अध्यक्ष र पछिल्लो दिनमा संरक्षक सदस्यको रुपमा समेत रही वंशको उत्थान र प्रगतिमा समेत अग्रणी भूमिका खेल्नु भएको थियो । यस प्रकार बहुआयामीक क्षेत्रमा रहेर महŒवपूर्ण योदान पु¥याउने व्यक्तिलाई हामीले यही २०८१ साल कार्तिक १६ गतेका दिन यस धर्तीबाट सदाका लागि गुमाएका छौं । उहाँ व्यक्ति सरोजकुमार ओलीप्रति आज ४५ दिनको पुण्य तिथिका दिन श्रद्धा र सुमनका साथ भावपूूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्दछु ।