झापा, झापाको विर्तामोड–४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा मुल माईन्यूट प्रमाणिकरण कार्यक्रम संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ ।
स्ांस्थाका संचालक समितिका अध्यक्ष हिमालय प्रसाद कन्दङ्वाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव मणिराज दंगालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका उपाध्यक्ष विष्णुप्रसाद योङ्हाङ्ग दिएका थिए ।
कार्यक्रममा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रतिवेदन स्ांस्थाका अध्यक्ष हिमालय प्रसाद कन्दङ्गवाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको सेयर पूंजी २,६०,१९,६००।– निक्षेप संकलन १२,०८,२५,७६१।– कर्जा लगानी १४,२४,७३,४९२।–, खुद नाफा ५,७८,६९,७१६।– रहेको उल्लेख छ । हाल सम्म ६ वटा सेवा केन्द्रहरुबाट सेवा सुविधा दिदै आएको यस संस्थामा ५९९७ जना सेयर सदस्यहरु रहेकाछन् भने आर्थिक वर्ष ०७८÷०७९ मा जम्मा १,४५,९५,४८,०६३।– कुल कारोवार गर्न सफल भएको थियो । हाल संस्थाका विर्तामोड, शनिश्चरे, सुरुङ्गा, राजगढ, गोलधाप र नयाँ चन्द्रगढी गरि ६ वटा सेवा केन्द्रहरु बाट सेवा दिईरहेको अध्यक्ष हिमालय प्रसाद कन्दङ्वाले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष तथा ऋण उप समिति संयोजक विष्णु प्रसाद योङ्हाङले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव मणिराज दंगाल, कर्णाली साकोस विर्तामोडका अध्यक्ष टस बहादुर श्रेष्ठ, माँ पाथिभरा साकोसका अध्यक्ष अम्विर लिङ्गदेन, लेखा परिक्षक श्री प्रसाद निरौलाले आफ्ना मन्तव्यहरु राखेका थिए । कार्यक्रममा विभिन्न सेवा केन्द्रका वर्ष उत्कृष्ट कर्मचारी तुलसा वजगाई, अप्सरा खतिवडा, चम्पा बराल, जसोदा कन्दङ्वा लाई सम्मान गरिएको थियो । साथ जेष्ठ सेयर सदस्य भाद्रलाल राजवंशी, कालुमाया कार्की लगायत उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋण कारोवार, उत्कृष्ट वाल बचत कर्ता गरि विभिन्न ब्यक्तित्वहरु लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष उपेन्द्र प्रसाद ओली र सदस्य ढुण्डी गुरागाई, अतिथिहरुमा कर्णाली साकोस विर्तामोडका अध्यक्ष टस बहादुर श्रेष्ठ, माँ पाथिभरा साकोसका अध्यक्ष अम्विर लिङ्गदेन, लेखा परिक्षक श्री प्रसाद निरौला, संस्थाका विभिन्न ओहदाका पदाधिकारीहरु लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन स्ांस्थाका संचालक समितिका सचिव मणिराज दंगालले गरेका थिए ।