अर्जुनधारा, झापाको अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयको वार्षिक कार्यतालिका अन्र्तगतको वार्षिक स्पोर्टस मिट–२०८१ मंगलबार सम्पन्न भएको छ ।
गत पुस २ गतेदेखि शुरु भएको उक्त कार्यक्रम आसन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई लक्षित गरि सञ्चालन गरिएको शिक्षक रुद्र खतिवडाले जानकारी दिए ।
शिक्षक खतिवडाका अनुसार स्पोर्टस मिट–२०८१ अन्र्तगत अन्तर क्लब(कक्षा–११ र कक्षा–१२), अन्तर सदन(कक्षा–६ देखि कक्षा–१०) र अन्तर कक्षा(नर्सरी देखि कक्षा–५)गरि जम्मा तीन वटा प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ ।
जसअनुसार अन्तर क्लबतर्फ भएको प्रतियोगितामा नौ स्वर्ण, चार रजत र तीन कास्यसहित जम्मा १६ वटा पदक प्राप्त गरेका शनिश्चरे राइनोज पहिलो, छ स्वर्ण, चार रजत र पाँच कास्यसहित १५ वटा पदक प्राप्त गरेका शनिश्चरे याक्स दोस्रो, तीन स्वर्ण, आठ रजत र पाँच कास्यसहित जम्मा १६ वटा पदक प्राप्त गरेका शनिश्चरे टाइगर्स तेस्रो र तीन स्वर्ण, पाँच रजत र पाँच कास्यसहित जम्मा १३ वटा पदक प्राप्त गरेका शनिश्चरे लायन्स चौथो भएका छन् ।
त्यसैगरी अन्तर सदनतर्फ भएको खेलकुद प्रतियोगितामा नौ स्वर्ण, छ रजत र दुई कास्यसहित जम्मा १७ वटा पदक प्राप्त गरेका अन्नपूर्ण सदन पहिलो, पाँच स्वर्ण, चार रजत र चार कास्यसहित जम्मा १३ वटा पदक प्राप्त गरेका गौरीशंकर सदन दोस्रो, तीन स्वर्ण, सात रजत र पाँच कास्यसहित जम्मा १५ वटा पदक प्राप्त गरेका धौलागिरी सदन तृतीय भएका छन् ।
त्यस्तै तीन स्वर्ण, पाँच रजत र पाँच कास्यसहित जम्मा १३ वटा पदक प्राप्त गरेका सगरमाथा सदन चौथो तथा तीन स्वर्ण, दुई रजत र ११ वटा कास्यसहित जम्मा १६ वटा पदक प्राप्त गरेका कञ्चनजंगा सदन पाँचौ भएका छन् ।
कबड्डी, भलिबल, सटफुट, ज्याब्लिन, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र तीन हजार मिटर दौडका खेलहरु सञ्चालन भएको प्रतियोगितामा ९९० जना विद्यार्थी सहभागी भएको बताइएको छ ।
यता अन्तर कक्षातर्फ पनि विभिन्न खेलहरु सञ्चालन गरिएको थियो । अन्तर क्लब र अन्तर सदन प्रतियोगिताका पहिलो, दोस्रो र तृतीय हुने टिमसँगै अन्तर कक्षा र विभिन्न खेलकुद विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई सोही दिन आयोजित पुरस्कार वितरण समारोहमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षता र वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेती, शिक्षक–अभिभावक संघका सदस्यद्वय इन्द्र गहतराज र इन्दिरा अधिकारी, पूर्व शिक्षक हरि काफ्लेलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
पूर्व शिक्षक एवम् विद्यार्थीहरुबाट सांगीतिक प्रस्तुती गरिएको कार्यक्रममा स्वागत प्रधानाध्यापक विनोद गौतमले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।