प्याव्सन झापाको ‘प्याव्सन स्पोर्ट मिट २०८१’ सम्पन्न

0
10

कमल ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) झापाको जिल्ला स्तरिय प्याब्सन स्पोर्ट मिट २०८१ (खेलकुद प्रतियोगिता) सम्पन्न भएको छ ।

गत पुसर ८ गते देखी कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सुरु भएको प्रतियोगिताको बुधवार सम्पन्न भएको हो । झापाका १४ वटा पािलका बाट विभिन्न विधामा ७४ वटा विध्यालय विच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा १५ वर्ष मुनिको फुटबल प्रतियोगिता तर्फ प्रथम होली ल्याण्ड ईङ्गलिस स्कुल भद्रपुर, द्वतिय मेचि वोडिङ्ग ईङ्गलिस स्कुल शिवसताक्षी, तृतिय मुनामदन एकेडेमी बुद्धशान्ति र जय पाथीभरा ईङ्गलिस स्कुल झापा भएका छन् ।

त्यस्तै माध्यमिकतह छात्र तर्फको भलिवल (कक्षा १० सम्म) प्रथम थापा मेरीगोल्ड ईङ्गलिस स्कुल कन्काई ,द्वतिय पाथिभरा ईङ्गलिस स्कुल कमल,तृतिय रुपरत्न मेमोरियल ईङ्गलिस स्कुल अर्जुनधारा र एसएस निकेतन भद्रपुर उत्कृष्ट भएका छन् ।

त्यसैगरी छात्रा तर्फ को भलिवलमा प्रथम लालिमा ईङ्गलिस स्कुल कमल,द्वतिय स्वस्तिका शिशु सदन अर्जुनधारा,तृतिय बेनुबाजा ईङ्गलिस स्कुल कन्काई र प्रजिता ईङ्गलिस स्कुल दमकले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएका छन् ।

कक्षा १२ छात्र तर्फ को भलिवलमा प्रथम सिद्धार्थ शिशु शदन भद्रपुर,द्वतिय रुपरत्न मेमोरियल ईङ्गलिस स्कुल अर्जुनधारा , तृतिय ग्लोवल एकेडेमी दमक र ध्रुवतारा आवाशिय मावी शिवसताक्षी उत्कृष्ट भएका छन् भने छात्रा तर्फ प्रथम सिद्धार्थ वोडिङ्ग स्कुल दमक, द्वतिय रुपरत्न मेमोरियल वोडिङ्ग स्कुल अर्जुनधारा तृतिय ईकोम विर्तामोड र ध्रुवतारा आवाशिय मावी शिवसताक्षीले उत्कृष्ट प्रदर्शन गदै पैतियोगिता जितेका हुन् ।

त्यस्तै माध्यमिक तहको क्रिकेट तर्फ (कक्षा १० सम्म) प्रथम जय पाथीभरा ईङ्गलिस स्कुल झापा, द्वतिय ब्लु हेवन एजुकेशन फाउण्डेसन अर्जुनधारा तृतिय बैगुनधुरा ईङ्गलिस स्कुल गौरादह र कन्चनज्योती ईङ्गलिस स्कुल बाह्दशी विजयी भएका हुन् ।

प्रतियोगितामा व्याब्सन झापाका अध्यक्ष गौरिमान फागोको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाई झपाका प्रमुख देबेन्द्र बहादुर मल्लको प्रमुख आथिथ्यतामा उद्घाटन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here