अर्जुनधारा–४ नं. वडाद्वारा कृषकहरुलाई कृषि औजार वितरण

0
82

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ नं. वडा कार्यालयले कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रयोग गर्दै उत्पादनमा वृद्धी गर्ने उद्देश्यले शुक्रबार एक कार्यक्रमको बीच कृषकहरुलाई कृषि औजार वितरण गरेको छ ।

चालु आर्थिक वर्ष ०८१/०८२को स्वीकृत वडास्तरीय योजनाको ५० प्रतिशत साझेदारीमा कृषि औजार खरिद तथा वितरण कार्यक्रम अन्र्तगत उनीहरुलाई उक्त कृषि औजार वितरण गरिएको वडा सचिव सुरज राजवंशीले जानकारी दिए ।

वडाले पहिलोपटक यस आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रममार्फत् जल उपभोक्ता संस्था र कृषक समूहमा आबद्ध कृषकहरुलाई लक्षित गरी नौ लाख रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रमको लागि वडाले चार लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको र बाँकी चार लाख ५० हजार रुपैयाँ कृषकहरुबाट जुटाइएको हो ।

वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षतामा आयोजित कृषि औजार वितरण कार्यक्रममा स्थानीय उमंग कृषक समूहका अध्यक्ष पहलमान खड्कालाई मकै रोप्ने औजार हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

वडा सचिव राजवंशीका अनुसार १८ वटा मकै रोप्ने, १५ वटा मकै गोड्ने र २१ वटा मकै छोडाउने औजार कृषकहरुलाई वितरण गरिएको बताइएको छ । कार्यक्रममा नेकपा एमाले वडाका इञ्चार्ज एकदेव खनाल, नेकपा(माओवादी केन्द्र) वडाका अध्यक्ष नरप्रसाद सिटौला र कृषक टीका बोहराले मन्तव्य राखेका थिए ।

वडा सदस्य अमृतबहादुर बुढाथोकीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here